Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    • कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ
    • भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन
    • मुक्तिनाथ फाउण्डेशनद्धारा बृद्धाश्रमलाई खाद्यान्न सहयोग
    • स्याङ्जाका पालिका स्वमुल्याङ्कनमा सुधारोन्मुख
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज फागु अर्थात् होली पर्व मनाइदै
    समाचार

    आज फागु अर्थात् होली पर्व मनाइदै

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2025Updated:March 13, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ फागुन । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ ।

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

    त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली फागु खेल्ने परम्परा चलेको मानिन्छ ।

    यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा। डा। रामचन्द्र गौतमले बताउनुभयो ।

    राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।

    फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा भोलि होली मनाइँदै छ ।

    यस पर्वका उपलक्ष्यमा आजभोलि रमाइलोका निम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थको सेवन गरी गुन्डागिरी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ ।

    यस दिन विशेष गरेर विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025

    भेषजराज साहित्य प्रतिष्ठानको ८८ औं रचना वाचन

    August 24, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025

    तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

    August 25, 2025

    कुटपिटबाट वालिङका एक युवकको मृत्यु, २ जना पक्राउ

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025

    वालिङमा एक महिने कुक तालिम सम्पन्न

    August 25, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.