Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज इद उल फित्र (इद) पर्व मनाइदै, देशभर सावजनिक बिदा
    समाचार

    आज इद उल फित्र (इद) पर्व मनाइदै, देशभर सावजनिक बिदा

    Syangja SandeshBy Syangja SandeshMarch 31, 2025Updated:March 31, 2025No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १८ चैत । मुस्लिम धर्मावलम्बीले आज इद उल फित्र (इद) पर्व मनाउदैछन् । इद इस्लामिक वर्ण अनुसार मनाइने सबैभन्दा ठूलो चाड मध्ये एक हो । रमजान महिनाको अन्त्यमा दिनभर व्रत बसेर नमाज पढेर इद पर्व मनाइन्छ । इद उल फित्र भनेको व्रत समाप्त गर्ने पर्व हो ।

    हिजरी क्यालेन्डरमा इस्लाम धर्मावलम्बीहरूले शैवाल महिनाको पहिलो मितिमा रमजान महिनाभर उपवास बसेर इद मनाउने गर्छन् । इदको अवसरमा अल्लाह (ईश्वर) को नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लामिक परम्परा हो। इदको पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ । रमजानको शुक्ल पक्षको पहिलो चरण रमजान सकिएपछि मनाउने चलन छ ।

    इस्लामले मुस्लिम समुदायका लागि दुईवटा पर्व प्रचलनमा ल्याएको छ । तिनीहरू ईदुल फित्र – ईद र ईदुज्जुहा – बकरी ईद हुन् । यी दुईमध्ये पहिलो पर्व ईदुल फित्र अरबी पात्रोको नवौँ महिना रमजानका २९ वा ३० दिन रोजा – राखेको खुसियालीमा मनाइन्छ भने दोस्रो पर्व त्यो अद्वितीय कुरबानी –बलिदानको सम्झना हो । जो आजभन्दा चार हजार वर्ष पहिला हजरत इब्राहिमले आफ्नो पालनहार अल्लाहका सम्मुख प्रस्तुत गर्नुभएको थियो ।

    इस्लाम धर्मावलम्बिहरूले संसारभरी नै प्रायः एकै किसिमले मनाउने यो चाड नेपालमा वसोवास गर्ने मुसलमानहरूले पनि धूमधामका साथ मनाउँदैछन । बकरिद नामले पुकारिने मुसलमानहरूले हिजरिसम्वत् अनुसार उदर्भ महिनामा १ महिनासम्म मनाइने प्रमुख चाड हो । यसको नियममा १ महिनासम्म सुर्य नअस्ताउन्जेल पूर्णरुप उपवास (व्रत) बस्ने र अर्को महिनाको शुरूको दिनको चन्द्रमाको दर्शन गरेपछी खाने चलन छ ।

    ईदको दिनमा बिहानै सबै मुसलमान स्नान गर्छन् । राम्राराम्रा नयाँ कपडा लगाउँछन् । रमजानको ईदमा नमाजका लागि जानुभन्दा अगाडि सम्पूर्ण मानिस एउटा निर्धारित सद्का–ए–फित्र –धर्मादान) लाई निकालेर गरीब, असहाय वा मदरसाहरूलाई दिन्छन् । हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरीब गुरूवाहरूको पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो संचित धनको २ दशमलब ५ प्रतिशत हिस्सा गरिबहरूलाई फित्रा (दान) गर्नु पर्ने नियम छ ।

    बिहान केही घाम चढे पश्चात् सबै मानिस घरहरूबाट निस्किन्छन् जसले गर्दा मुसलमानहरूको एकता बाहुल्य र शानको प्रदर्शन होओस्। त्यसपछि अल्लाहसँग प्रार्थना गर्न सबै एकत्रित र सम्मिलित हुन्छन्। यस सामूहिक खुसीमा सबै सरिक होऊन् भन्ने विचार गरिएको हुन्छ। खुशीयाली साट्र्दैै इद मनाउने गर्दछन ।

    सामान्यतया रमजानको २९औँ दिनको साँझदेखि मानिसहरू चन्द्रमा देखिने प्रतीक्षामा बस्छन्। जहिले चन्द्रमा देखिन्छ, त्यसको भोलिपल्ट ईद मनाउने प्रचलन रहन्छ । जसका कारण नेपाल लगायत स्याङ्जामा आज इद पर्व मनाइदै छ ।सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.