Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, October 20
    Trending
    • यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु
    • बैदिक सनातन अनुरुपको राजनीति
    • वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण
    • स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने
    • सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य
    • पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर
    • स्याङ्जामा छैटोैं विश्व सम्मेलनको उदघाटन
    • पढ्दै कमाउदै न्यू गाउँबेसी सहकारीको सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आज बिजयादशमी, मान्यजनबाट टिका र जमरा लगाउदै, आशिरवाद लिने दिने
    समाचार

    आज बिजयादशमी, मान्यजनबाट टिका र जमरा लगाउदै, आशिरवाद लिने दिने

    Syangja SandeshBy Syangja SandeshOctober 15, 2024Updated:October 15, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २६ असोज । बडादसैँको दसौँ तथा मुख्य दिन आज आफ्नो मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा वा मान्यजनहरुबाट टीका र जमरा लगाइन्छ ।

    असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिइन्छ । नेपाल पञ्चांग निर्याण समितिले यस वर्षको बडादशैँको देवी विर्सजनको साइत रहेको जनाएको छ । तर, आज दिनभर नै टीका लगाउँदा शुभ फल मिल्ने समितिले जनाएको छ । विजयादशमीका दिन आफ्नो मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।

    आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि अटल सौभाग्य तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ । निधारभरि दहीमा मुछिएको अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरिन मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । आज टीकापछि वर्षमा एकपटक खुट्टाले धर्ती छा्ड्नुपर्ने मान्यताअनुसार पिङ् खेल्ने चलन छ ।

    आजको दिनमा भगवान रामचन्द्रले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिनलाइ विजयादशमी भनिएको हो । भगवती दुर्गा र अरू देवीदेवताको नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गर्ने क्रममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अटदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देव्रेतिर विजया देवीलाई पुकारेर सोह्र सामग्रीले पूजा गरी जमरालाई पूजा गरेर दुर्गा भवानीलाई चढाइ आरती र पुष्पाञ्जली गरिन्छ ।

    यसैगरी, हिजो आश्विन शुक्ल नवमीका दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ ।

    यस वर्ष हिजो एकैदिन आश्विन शुक्ल अष्टमी र नवमी पर्व परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान पहिले आश्विन शुक्ल अष्टमीका दिन गरिने कर्म गरेर केही समयको विश्रामपछि आश्विन शुक्ल नवमीका दिन गर्ने कर्म गर्नुपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025

    पुतलीबजार — ४ मा निःशुल्क पशु स्वास्थ्य शिविर

    October 19, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025

    स्याङ्जामा ९ बजेपछि देउसी भैलो खेल्न नपाईने

    October 19, 2025

    सयपत्री फूलबाट दश लाख कमाउने भण्डारीको लक्ष्य

    October 19, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    यमपञ्चक अर्थात यसबर्षको तिहार सुरु

    October 19, 2025

    बैदिक सनातन अनुरुपको राजनीति

    October 19, 2025

    वालिङ नगर अस्पतालको आधुनिक भवन निर्माण

    October 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.