स्याङ्जा २ मंसिर । “जलिय जैविक विविधताको प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बद्र्धन” भन्ने नाराका साथ विश्व मत्स्य दिवसको अवसर पारेर आँधीखोलामा माछाका भुरा छाडिएको छ ।
मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाको सहयोग तथा भीरकोट नगरपालिकाको समन्वयमा सप्ताहब्यापी कार्यक्रम अन्र्तगत भीरकोट स्थित आँधीखोलामा सहर, असला, कत्ले, रोहु प्रजातिका माछाका भुरा छाडिएको नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
आँधीखोला माछाको उत्पादन वृद्धिगरी जैविक विविधताको संरक्षणका लागि आगामि दिनमा पनि आँधीखोलामा माछामा भुरा छोडिने नगर प्रमुख कर्माचार्यको भनाई छ ।
आँधीखोला माछाका लागि प्रसिद्ध छ । यहाँ स्थानीय लगायतका बाम, भोटी, असला, सहर जातका माछा पाईन्छ। खानका लागि अत्यन्त स्वादिलो मानिने माछा केही बर्षका तुलनामा हिजोआज कम हुन थालेको माछा ब्यवसायीका भनाई छ ।
मिर्मिमा माछाका भुरा उत्पादन गरिदै आएको र बर्षेनी स्याङ्जाका बिभिन्न पालिका र कालीगण्डकी नदीमा समेत माछाका भुरा छाड्ने गरिएको मत्स्य विकास केन्द्रका प्राविधिक तिलक रावतले जानकारी गराउनुभयो ।
