Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » आँधीखोला गाउँपालिकाको बजेट ५२ करोड ४५ लाख ५६ हजार
    आँधीखोला गाउँपालिका

    आँधीखोला गाउँपालिकाको बजेट ५२ करोड ४५ लाख ५६ हजार

    Syangja SandeshBy Syangja SandeshJune 27, 2025No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १३ असार । आँधिखोला गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२÷८३ का लागी नीति तथा कार्यक्रम र बजेट १७ औं गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सभाबाट पारित भएसंगै उपाध्यक्ष सीता थापाले आर्थिक वर्ष २०८२÷८३ को लागी बजेट प्रस्तुत गर्नुभएको हो ।

    उपाध्यक्ष थापाले चालु र पुंजीगत गरी कुल ५२ करोड ४५ लाख ५६ हजार रुपैयाको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत बजेटमा चालुतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ७ करोड ८७ लाख, आर्थिक, सामाजिक, सांस्कृतिक, न्याय तथा समानता लैङ्गिक समावेशीकरण ५ करोड ३७ लाख ७० हजार र पुंजीगत तथा पुर्वाधार विकास निर्माणमा १२ करोड ५९ लाख र सशर्त समपुरक विशेष अनुदान २६ करोड ६१ लाख ८६ हजार गरी कुल ५२ करोड ४५ लाख ५६ हजार रुपैयाको बजेट विनियोजनका लागी सभामा प्रस्तुत गरिएको हो ।

    गाउँपालिकाले यस अघि असार ६ गते नै १७ औं गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरिसकेको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा गाउँपालिकाको आर्थिक र सामाजिक विकासको क्षेत्रमा मार्गदर्शनको रुपमा रहेका कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखी नीति लिइएको अध्यक्ष पौडेलले बताउनुभयो ।

    आर्थिक विकास नीतिमा कृषि क्षेत्रमा प्राथमिकता दिइएको छ । कृषकको जीवनस्तरलाई समुन्नत बनाउनको लागि कृषिजन्य उत्पादन, उत्पादकत्व वृद्धि, विविधीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण एवं बजारीकरणका लागि “उत्पादनमा यान्त्रीकरण सहकारीमार्फत बजारीकरण“ कार्यक्रम सञ्चालन गरिने बताइएको छ । उत्पादित कृषि उपजहरुलाई हरेक वडामा संकलन केन्द्र बनाई सहकारीसंगको साझेदारीमा बजारीकरण गर्ने नीति गाउँपालिकाले लिएको छ ।

    कृषि अनुदानको प्रभावकारी वितरण, कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न कृषि अनुदानलाई उत्पादनमा आधारित अनुदान बनाइनेछ र कृषिमा दिइने अनुदान प्रणालीलाई व्यवस्थित, पारदर्शी र कृषक मैत्री बनाउने नीति अबलम्बन गरिनेछ । आँधीखोलाको रैथाने बालीको उत्पादन तथा उपभोगलाई पोषणको अभिन्न अंगको रूपमा अघि बढाउने र स्थानीय बालीको उत्पादन र पोषणयुक्त, गुणस्तरयुक्त खाद्यान्न बालीको खेती बिस्तार गरी व्यवसायीकरण गर्दै लगिनेछ ।

    आँधीखोलाको पहिचान, सुन्तला र कागती अभियानअन्तर्गत स्थायी रुपमा आँधीखोला भन्दा बाहिर रहेर पनि आफ्नो पू्र्खौली थातथलोमा बहुवर्षिय फलफूल खेती गर्न चाहने कृषकहरुको लागि फलफूल खेतीलगायत कृषिजन्य व्यवसायमा आवद्ध गर्न “मेरो बिदा मेरो गाउँलाई” अभियान कार्यक्रम सञ्चालन गरिनेछ ।

    पर्यटनमार्फत पालिका प्रबद्र्धनका लागि अन्धाअन्धी र श्रवणकुमार क्षेत्रको विकास, प्रचारप्रसार तथा प्रबद्र्धनलाई टेवा पु¥याउन धार्मिक पर्यटनको माध्यममार्फत आँधीखोलाको पहिचान अन्तर्राष्ट्रिय जगतमा स्थापित गर्न पहल गरिनेछ भने गाउँपालिका क्षेत्रभित्र रहेका मुख्य पर्यटकीय केन्द्रको अन्तरसम्बन्धलाई मजवुत बनाउन सेतिदोभान – आग्री गुफा – भुद्रुमपोला – म्हाँजु भन्ज्याङ्ग – हिलेथाप्ले – सिरुवारी – गोरुजुरे – डहरे देउराली – अन्धाअन्धी – जुम्लीठाना – श्रवणकुमार – पञ्चासे – कालाभैरव कोट – नेपाने – तपश्वी कुटी – चुले शिद्ध गुफा हुँदै पुनः सेतिदोभान जोड्ने चक्रिय पदमार्ग निर्माण गरी नयाँ गन्तव्यको पर्यटन क्षेत्रको हवको रूपमा विकास गरिने लगायतका विषयहरु नीति तथा कार्यक्रम र प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.