Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, October 17
    Trending
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    • ‘दुई हजार ८ प्याकेट पटका प्रहरी नियन्त्रणमालिई नष्ट’
    • कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी तथा बाच्छी प्रोत्साहन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘आधारभूत शिक्षा सुधारकालागि स्याङ्जामा जाईकाको सहयोग’
    पुतलीबजार नगरपालिका

    ‘आधारभूत शिक्षा सुधारकालागि स्याङ्जामा जाईकाको सहयोग’

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ भदौ। स्याङ्जामा जाईकाले १ देखि ३ कक्षा सम्म अध्ययरत बालबालिकाको शिक्षा सुधारमा सहयोग गर्ने भएको छ। गणित बिषय मार्फत बालबालिकाको जग बलियो बनाउने उदेश्यले स्याङ्जामा आधारभूत बिद्यालय शिक्षा सुधार (आईबीएसई) परियोजना मार्फत सुधार गर्ने भएको हो।

    शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयसंगकोे समन्वयमा जापानीज सरकार (जाईका) को सहयोगमा आईबीएसई परियोजना गण्डकी प्रदेश अन्र्तगत स्याङ्जा जिल्ला मात्र छनौटमा परेको हो। एउटा प्रदेशमा एक जिल्लामा मात्र सो परियोजना कार्यान्वयन गरिने भएको हो।

    शिक्षा विकास समन्वय इकाई स्याङ्जा र यहाँका ११ वटै पालिकामा कार्यरत युवा तथा खेलकूद शाखा प्रमुखलाई सो का बारेमा जानकारी दिने उदेश्यले स्याङ्जामा आयोजित कार्यक्रममा जापानीज शिक्षाबिज्ञ आतुसी सुकुईले सो का बारेमा जानकारी गराउनुभयो ।

    बिज्ञ आतुसीका अनुसार, ‘कक्षा १,२,३ मा अध्ययरत बालबालिकालाई बिभिन्न किसिमका बिधि अवलम्बन गर्दै गणित बिषय बुझ्ने बनाउने हो। जसका लागि बिभिन्न उपकरण, सामाग्री र बिधिका समेत उपयोग गर्नेछौं।’ यसै आवदेखि संचालित परियोजनाको अवधि ५ बर्षेको छ। सो समयभित्रै जिल्लाका सबै सरकारी बिद्यालयमा पुगी सो अभ्यास गराईने उनले बताए। स्याङ्जा जिल्लाभर ४ सय ५० वटा सरकारी बिद्यालय छन्।

    अध्ययन अध्यापनपछि बिद्यार्थी माझ पुगेर अध्ययनका क्रममा भएका सहज, कठिनाई÷चुनौती र सुधार हुने अवस्थामा बारेमा बिद्यार्थीबाटै जानकारी लिईने छ। र, उनीहरुका सुझाव सहितका बिषयलाई आगामी पाठ्यक्रममा थप एवं सुधार गर्दै प्रकाशन गर्ने सम्मका योजना रहेको उहाले सुनाउनुभयो ।

    प्रदेश भरमा स्याङ्जा जिल्ला छनौटमा पर्नु भनेको जिल्लाबासीका लागि गर्बका कुरा भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विश्वराज आचार्यले भन्नुभयो , ‘बौद्धिक सुधारका लागि गणितमा पोख्त हुनैपर्छ। गणित बुझेको बिद्यार्थी जीवनभर उत्कृष्ठ रहने भएकाले जापानीजहरुले आफुमा भएको बिज्ञता र अनुभव सिकाउन आएका हुन्। यसले स्याङ्जाको शैक्षिक गुणस्तर बृद्धिका लागि धेरै सहयोग पुग्नेछ। हामीले सहयोग गर्नुपर्छ।’

    जाईका बिज्ञ आतुसी सहितको टीमले सोमबार पुतलीबजार नगरपालिका १० स्थित चक्रकमला आधारभूत बिद्यालयबाट सुरुवात गरेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख आचार्यले जानकारी दिनुभयो ।

    रोष्टर शिक्षक चयनगरी उनीहरुका क्षमता अभिबृद्धि र बिद्यालयका प्रधानाध्यापकलाई तालिम दिईने प्रमुख परियोजना अधिकृत बिष्णुप्रसाद आचार्यको भनाई छ।

    आईबीएसई परियोजना ७ प्रदेश अन्र्तगत क्रमशः संखुवासभा, सप्तरी, धादिङ, स्याङ्जा, कपिलबस्तु, दैलेख र कंचनपुर जिल्लामा लागु हुने भएको पनि प्रमुख आचार्यको भनाई छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025

    सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025

    गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.