Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 1
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » नेता शिव गिरीको निधन दुर्घटना हो कि षडयन्त्र छानवीन होस् — मुख्यमन्त्री पाण्डे
    गण्डकी प्रदेश

    नेता शिव गिरीको निधन दुर्घटना हो कि षडयन्त्र छानवीन होस् — मुख्यमन्त्री पाण्डे

    Syangja SandeshBy Syangja SandeshJuly 30, 2023Updated:July 30, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १४ साउन । गण्डकी प्रदेश मुख्यमन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली काग्रेसका नेता शिवकुमार गिरीको निधनको बास्तविकता पत्ता लगाउनुपर्ने बताउनु भएको छ ।

    नेपाली कांग्रेस स्याङ्जाद्धारा आइतवार पार्टी मुख्यालयमा आयोजित शिवकुमार गिरीको ४५ औ पुण्यतिथीमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले दुर्घटना हो या षडयन्त्र हो यसको गहिराईसम्म पुगेर अनुसन्धान हुनुपर्ने उहाले बताउनुभयो ।


    ‘विकासप्रेमी र खरो स्वाभावका गिरी नेपाली कांग्रेस पार्टीप्रति वफादार हुनुहुन्थ्थ्यो । उहाले तल्लो स्तरदेखि मल्याङ्कोट गाविस अध्यक्षदेखि चापाकोट नगरप्रमुखसम्मको जिम्मेवारी सम्हाल्दै विकास निर्माणमा धेरै योगदान पुरयाउनुभयो ।’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘नेपाल बिद्यार्थी संघ, तरुण दल हुदै महासमिति सदस्य र सभापति पदका दावेदारसम्म बनेर सिंगो नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउनुभयो ।’


    गिरीका अधुरा आयोजना तथा योजना क्रमशः पुृरा गर्दै लानेमा उहाले आवश्वासन दिनुभयो । तरुण दलमा बसेर संगै काम गरेको स्मरण गर्नुभयो । आफना सहपाठी मित्र गिरीको निधनले अपुरणीय क्षति पुगेको जनाउदै परिवार र पार्टीसंग सरोकार राख्ने कोही पनि बिचलित नहुन सुझाव दिनुभयो ।


    सभामा प्रतिनिधीसभा सदस्य एवं जिल्ला सभापति राजु थापा, गण्डकी प्रदेश उपसभापति एवं प्रदेश सांसद कल्पना तिवारी, सांसद भोजराज अर्याल र महेश भट्टराई, पूर्वसांसद भागवतप्रकाश मल्ल, कार्यवाहक सभापति केदार काफले, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, सचिव दामोदर लम्साल, महासमिति सदस्यहरु क्रमशः तुलसी गिरी, देवी अर्याल, गोविन्द रानाभाट, तारा मल्ल, महाधिवेशन प्रतिनिधी बिष्णु पौडेल, स्तन्त्रता सेनानी तारापती सुवेदी, चापाकोट नगरसभापति बिक्रम सारु, नेपाली बिद्यार्थी संघ अध्यक्ष गौरब प्रधान लगायतले विकास र संगठनप्रेमी गिरीको अस्वाभाविक निधनले सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको बताउदै उहाले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता जनाउनुभयो ।

    शिव गिरीका पत्नी कल्पना गिरीले आफना पति र भाई बलराम गिरीले आफना दाजुको निधन नभई हत्या भएको जनाउदै सत्यतथ्य पत्ता लगाउनेगरी अनुसन्धानका लागि सबैको साथ र सहयोगको याचना गर्नुभयो । घटनास्थल र घटनाको प्रकृति हेर्दा नै दुर्घटना जस्तो नभएको उहाहरुका भनाई छन ।


    जिल्ला सभापति एवं सांसद राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव दामोदर तिवारीले गर्नुभएको थियो । श्रद्धाञ्जलीसभामा स्याङ्जाका ११ वटै पालिकाबाट आउनुभएको थियो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं चापाकोट नगरपालिकाका पूर्व प्रमुख शिव गिरीको सवारी दुर्घटनामा परी असार १ गते राती निधन भएको थियो ।


    चापाकोट नगरपालिका ४ दार्सिङ् घर भएका ६० बर्षिय गिरी पाल्पाको रामपुर स्थित एक परिवारलाई दुख भेट गरेर फर्कने क्रममा पुतलीबजार नगरपालिका १० बरजामा सो दुर्घटना भएको हो ।

    दुर्घटनामा गम्भीर घाईते हुनु भएका गिरीको जिल्ला अस्पतालमा निधन भएको बताईएको छ । पुतलीबजार नगरपालिका १ स्थित आफनै निवासमा फर्कने क्रममा उनी सवार बा १५ च १७०१ नम्बरको स्कारपियो गाडी वडा नं. १० मा दुर्घटना परेको थियो ।


    चालक पुतलीबजार नगरपालिका ९ कोल्माका ३२ बर्षिय सुरज नेपाली पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.