स्याङ्जा १५ असोज । आइतवार ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस बिबिध कार्यक्रमगरी मनाइएको छ ।
सबै पुस्ताको लागि जेष्ठ नागरिकको मानव अधिकारको विश्वव्यापी घोषणामा गरिएका बाचाहरु पुरा गरौँ“ भन्ने नाराका साथ हिजो पुतलीबजारमा जेष्ठ नागरिक दिवस मनाईएको छ ।
जेष्ठ नागरिकका घरघरमा पुगेर भेट सहितको सम्मान गरिएको हो । पुतलीबजार नगरपालिकाभित्र बस्दै आउनु भएको ९० बर्ष उमेरका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल र योजना अधिकृत ताराचन्द्र ढकालको नेतृत्वमा गएका टोलीले नगरपालिका भित्रका १४ वटै वडाका जेष्ठ नागरिकलाई फलफूल र दोसल्ला सहित सम्मानपत्रले सम्मान गरिएको जेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख ठगीकुमारी खनालले जानकारी दिनुभयो ।
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
