स्याङ्जा ४ भदौ । फोर नाइन जीआर (चिण्डिटस) पल्टनको ६४ औ पुनस्थापना दिवसको अवसर पारेर महिलाहरुको महान पर्व हरितालिका तीजको शुभकामना सहित सामुहिक दर खाने कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित ब्लुपर्ल पार्टी प्यालेसमा आयोजित कार्यक्रमको उदघाटन गर्दै सुवेदार दुर्गाबहादुर क्षेत्रीले यस्ता पर्व तथा कार्यक्रमको निरन्तरताको लागि शुभकामना ब्यक्त गर्नुभयो । उहाले तीजको शुभकामना ब्यक्त गर्दै आउदा दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयोे । तीज पर्वको मौलिक तथा सास्कृतिक महत्वका बारेमा जानकारी गराउदै पर्व र संस्कार संस्कृतीको निरन्तरता दिदै जीवन्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
सोही कार्यक्रममा सुवेदार अशिमकुमार शाही, भिमप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
क्याप्टेन पूर्णबहादुर खाँणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य राधिका गोदारले स्वागत एवं सचिव सुवास पोखरेलले संचालन गर्नुभएको थियो ।