स्याङ्जा १३ माघ । स्याङ्जामा संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद प्रताव नं. १३२५ र १८२० का बारेमा अन्र्तक्रिया गरिएको छ । गृह मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको समन्वयमा ती प्रस्ताव र दोश्रो राष्ट्रिय कार्ययोजना महिला शान्ति र सुरक्षा सम्बन्धी छलफल एवं जिल्लाका अवस्था बारे छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला निर्देशक समितिका संयोजक श्रीप्रसाद घर्तिले तत्कालिन द्धन्द्धका अवस्थामा प्रभावित महिला तथा बालबालिकालाई राहत तथा सहयोगकालागि स्थानीय तहदेखि समन्वय गर्दै अघि बढेको बताउनुभयो । उहाले द्धन्द्धका समयमा स्याङ्जा पनि प्रभावित भएको जनाउदै बाकी रहेका कामकारवाहीलाई पुरा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लाका अवस्थाका बारेमा जानकारी गराउनुभयो । द्धन्द्धका समयमा २ हजार २४८ जना विस्थापित भएको १४ जनाले ज्यान गुमाएको र १० जनाले जीवन निर्वाह भत्ता लिदै आएको जानकारी दिनुभयो ।
यसैगरी, पुतलीबजार उपप्रमुख देवी अर्याल, आधीखोला गाउपालिकाका अध्यक्ष विश्व पौडेल, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, समाजिक विकास कार्यालय प्रमुख जीवन पौडेल लगायतले कार्यान्वयनका अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
गृहमन्त्रालय विपद महाशाखा प्रमुख टुकराज पाण्डे, उपसचिव लीला केसी ले प्रस्ताव नं. १३२५ र १८२० का बारेमा जानकारी गराउनु भएको थियो । शसस्त्र द्धन्द्धका समयमा महिला र बालबालिका बढी प्रभावित द्धन्द्धसंगै जोडिएका यौनजन्य र लैंिगक हिंसाका जोखिममा परेकाले अनुभूति गर्नेगर्रि उहाहरुका आवश्यकतालाई सम्बोधन गर्न राज्यद्धारा दिईने सहयोगका बारेमा जिल्लाका अवस्था बारे जानकारी आदानप्रदान गरिएको थियोे ।
सरकारले पहिलो पटक २०६७ देखि ०७२ सम्मको पहिलो कार्यायोजना सम्पन्न गरेको र २०७९ देखि हालसम्म दोश्रो कार्ययोजना ०८२ सम्म जारी रहने बताइएको छ । कार्यक्रममा एघार वटै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, प्रशासकिय अधिकृत, जिसस सदस्यहरु लगायत सरोकारवालाको सहभागिता थियो ।