Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, December 19
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ६ जना चालकलाई सार्वजनिक हित बिरुद्धको मुद्धा
    समाचार

    ६ जना चालकलाई सार्वजनिक हित बिरुद्धको मुद्धा

    सिद्धार्थ राजमार्गमा सवारी चलाउदै आएका ६ जना चालक ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ परेका छन् ।
    Syangja SandeshBy Syangja SandeshJune 5, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २२ जेठ । सिद्धार्थ राजमार्गमा सवारी चलाउदै आएका ६ जना चालक ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ परेका छन् ।

    सिद्धार्थ राजमार्गमा अबैध लागुऔषध गाँजा सेवन गरी सवारी चलाएको आरोपमा प्रहरीले ६ जना चालकलाई ‘सार्वजनिक हित र नैतिकता बिरुद्धको कसुरमा’ मुद्धा चलाएर कारवाहीमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको संयुक्त राजमार्ग चेकिङका क्रममा उनीहरुको ड्रग्स युरिन टेष्ट चेकिङ गर्दा लागु औषध सेवन गरेको भेटिएपछि नियन्त्रणमा लिएर मुद्धा चलाइएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    सवारी दुर्घट्ना न्युनिकरण एंव सार्वजनिक यातायातलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने उदेश्यले सिद्धार्थ राजमार्गमा चल्ने सवारी चालकको लागु पदार्थ सेवन चेकिङ् प्रहरीले गर्दै आएको छ ।

    प्रहरीले सिद्धार्थ राजमार्गको पुतलीबजार नगरपालिकाको ४ नौडाँडामा गरिएको चेकिङ्मा १८ सवारी साधनका चलकलाई किट द्धारा लागुऔषध चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा अबैध लागु औषध गाँजा समेत सेवन गरी सवारी साधन चलाउने ६ जना चालक नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रानाले बताउनुभयो ।

    प्रवक्ता रानाका अनुसार पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका ३ बस्ने ३८ बर्षका सार्वजनिक बस चालक किरण बहादुर हमाल, कालीगण्डकी गाउँपालिका ६ बस्ने ३५ बर्षिय टिप्पर चालक गुमन बहादुर सिंजाली, पुवनपा ७ बस्ने २९ बर्षिय अटो चालक दिलिप सिंह ठकुरी, पुवनपा १ बस्ने ४२ बर्षिय ट्याक्सी चालक राम श्रेष्ठ र पुवनपा ७ बस्ने ३८ बर्षिय जिप चालक मंगल बहादुर दर्जी नियन्त्रणमा परेका छन् । उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ । पछिल्लो समय प्रहरीले लापसे सेवन गरी सवारी चलाउने चालकलाई निकै चासोका साथ हेरिरहेको छ ।

    यसभन्दा अगाडी पनि सिद्धार्थ राजमार्गमा गरिएको ड्रग्स युरिन टेष्टमा ६ जना चालक नै पक्राउ परेका थिए । १८ दिन थुनामा रहेर ८÷८ हजार धरौटीमा उनीहरु रिहा भएका थिए । राजमार्ग मात्रै नभएर स्याङ्जाका भित्रि सडकमा पनि लागु पदार्थ सेवनको चेकजाँच अगाडी बढाउने जिल्ला प्रहरी प्रमुख शर्माले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.