Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, September 19
    Trending
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ६५ बर्षमै मासिक ५ हजार र सुत्केरी भत्ता दिनेछौं — कांग्रेस गण्डकी उपसभापति श्रेष्ठ
    पुतलीबजार नगरपालिका

    ६५ बर्षमै मासिक ५ हजार र सुत्केरी भत्ता दिनेछौं — कांग्रेस गण्डकी उपसभापति श्रेष्ठ

    Syangja SandeshBy Syangja SandeshMay 10, 2022Updated:May 10, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २७ बैशाख । नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति एवं शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले नेपाली कांग्रेसले जे बोल्छ त्यही मात्र गर्ने बताउनुभएको छ । नसक्ने खाले विकासका उधारो सपना नदेखाउन समेत जनप्रतिनिधीलाई सुझाव दिनुभयो ।
    पुतलीबजार नगरपालिका वडा नं. ५ पौवेगौडे र ६ टक्सारमा आयोजित चुनावीसभालाईे सम्बोधन गर्दे उहाले स्थानीय स्रोत र साधनको सदुपयोग गर्दे वडा र पालिकाबासीलाई सक्षम बनाउन उहाले जोड दिदै आवश्यक सहयोग गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
    नेपाली कांग्रेसले स्थानीय तहमा जितेमा आउदो साउनदेखि ६५ बर्ष पुगेकालाई मासिक ५ हजार भत्ता र सुत्केरीलाई ५ हजार नगद भत्ता ऊपलब्ध गराउने बताउनुभयो । भत्ता दिने नीति बनाउने कांग्रेस, बितरण गर्ने राज्यको ढुकुटी तर जस लिने एमाले भएको उहाको भनाई छ ।
    ‘हाम्रा करबाट उपलब्ध गराइएको भत्तामा राजनीति नगर्न एमालेलाई मन्त्री श्रेष्ठले सुझाव दिए । भत्ता दिने नीति बनाउने कांग्रेस हो । कांग्रेसका नितीकै कारण सामाजिक सुरक्षा भत्ता बितरणका लागि बाटो खुलेको हो । के अहिले कांग्रेसको सरकार हुदाँ भत्ता रोकिएको छ ? होइन भने राज्यको करबाट पाएको भत्तामा के को राजनीतिकरण ।’ उहाले भन्नुभयो, ‘कांग्रेसले काम गर्छ अनावश्यक प्रचार गर्दैन।’
    कांग्रेस नेतृत्वको सरकार गठन भएपछि गण्डकी प्रदेश सरकारले पाठेघर, हेड इन्जुरी, क्यान्सर, मृर्गौला रोगीलाई मासिक ५ हजार र सबैलाई निशुल्क रगत उपलब्ध गराउदै आएको जानकारी समेत गराउनुभयो ।
    कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य शैलेन्द्रजंग कार्की, पुतलीबजार ५ का वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा अध्यक्षका उम्मेदवार अर्जुन कार्की, पुतलीबजार ६ का अध्यक्ष पदका उम्मेदवार कृष्ण कार्की, काग्रेस नेताहरु इन्द्र गुरुङ, रमेश रेग्मी, राजेन्द्र कार्की, बिन्दुप्रसाद सुवेदी, कांग्रेसका वडा सभापति राजकुमार केसी लगायतले दिनुभयो । पुतलीबजारले वडा विकासका कार्यक्रममा विभेद गरेको जनाउदै पार्टी र बिचारका आधारमा रकम बिनियोजन गरेको बताउनुभयो ।
    निवर्तमान अध्यक्ष एवं अध्यक्षका उम्मेदवार कार्की र वडा अध्यक्ष रेग्मीले बिदेशीको सहयोगमा संचालित परियोजनामा समेत आफुहरुको सहमति वेगर मनखुशी तवरले अनुदान बितरण गरेको बताउनुभयो । लक्षित बर्ग नभई आफनामुखी तबरले सहयोग र अनुदान बितरण गरिएको उहाहरुका भनाई छन् ।
    वक्ताहरुले नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्याल सहित वडाअध्यक्ष लगायत सम्पूर्ण सदस्यहरुलाई मत दिएर विजयी गराउन आग्रह गर्नुभएको थियो ।
    सोही कार्यक्रममा एक दर्जन युवाहरुले नेपाली कांग्रेसको निती र सिद्धान्त मन परेर कांग्रेसको सदस्यता लिनु भएको छ । मन्त्री श्रेष्ठ र वडा सभापति केसीले सदस्यता प्रदान गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    कृषि तथा पशुका क्षेत्रमा क्रियाशिल निकायबीच अभिमूखीकरण

    September 10, 2025

    उद्यमशीलतासंगै स्वरोजगारमा रमाउदै वालिङ युवाहरु

    September 10, 2025

    पुतलीबजारमा ५७ करोडका पूर्वाधार निर्माण

    September 10, 2025

    जिल्ला स्तरीय हिज्जे प्रतियोगितामा त्रिभुवन आदर्श प्रथम

    September 10, 2025

    सामुदायिक रेडियो स्याङ्जा तथा टेलिभिजनको बार्षिकोत्सव

    September 9, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.