स्याङ्जा २६ बैशाख । जिल्लाका ११ स्थानीयतहका उम्मेदवारहरु जनताको घरदैलोमा मत माग्न व्यस्त छन् । ५ बर्षे रणनीतिक कार्ययोजना बनाएर उम्मेदवारहरु जनताको घरदैलोमा पुगेका हुन् । आँधीखोला गाँउपालिकामा नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवारहरु जनताको मनजित्ने गरी अहिले घरदैलोमा पुगेको बताइएको छ ।
५ दलीय गठबन्धनमा आँधीखोला गाँउपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा समाजवादी ९एस० र केही वडाहरुमा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु संयुक्त घरदैलो अभियानमा जुटेका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले एकलौटी स्थानीयसरकारमा बिजयी हासिल गरेको थियो ।
एकलौटी स्थानीय सरकार हुँदा गाँउपालिकामा चरम भष्ट्रचार भएको गठबन्धनका उम्मेदवारहरुले आरोप लगाउदै आएका छन् । ५ बर्ष सम्म गाँउपालिकामा भएका भष्ट्रचार, अनियमितता, अपारदर्शीताको भण्डाफोर गर्न गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन जनतासगँ अपिल गरेका छन् । नेपाली काँग्रेसले बिद्यार्थीकाल देखि राजनीति शुरु गरेका कुशल संगठक, अनुभवी नेता प्रेमराज पौडेललाई अध्यक्षको उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले उपाध्यक्षमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । दुबै उम्मेदवार गाँउपालिकावासीका प्रिय नेताका रुपमा चिनिन्छन् ।
गाँउपालिकाको सुचाङ्कमा धेरै पछाडी पर्नु, शर्शत अनुदान बाहेक गौरवका आयोजनाको विकास नहुनुले गएको ५ बर्ष जनताले अपेक्षाकृत काम नभएको अध्यक्षका उम्मेदवार प्रेमराज पौडेलले बताए । ५ बर्ष हामीलाई गाँउपालिकाको जिम्मेवारी दिनुहोस अध्यक्षका उम्मेदवार पौडेलले भने,‘समावेसी, सहभागीतामुलक विकासका योजना र उज्यालो गाँउपालिका बनाउछौं ।’ पहुँचका आधारमा होइन, आवश्यकताका आधारमा गाँउपालिकाको विकासमा जोड दिन्छौ पौडेलले भने । गठबन्धनका उम्मेदवारहरुले ५ बर्षमा विभिन्न दातृनिकाय सगँ समन्वयगरी परियोना संचालन गर्ने, पालिकाले स्वँपुजी निर्माणगरी आम्दानी गर्ने, निशुल्क गुणस्तरीय प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य उपचार, कृषिलाई आधुनिकीकरण गर्दै एग्रो टुरिजमको विकास गर्ने लगायतका रणनीतिक योजना अगाडी सारेर चुनावी मैदानमा उत्रेको छ ।
Sunday, December 14
Trending
- रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
