स्याङ्जा ३० बैशाख । आज शुक्रवार स्याङ्जा लगायत देशभर मतदान सुरु भएका छन् । पुतलीबजार नगरपालिका ३ स्थित सरस्वती माबि गैरीखेतमा १०४ बर्षिया सकिना मियाले मतदान गर्नुभएको छ ।
शुक्रवार भएको स्थानीयतहको निर्वाचनमा मियाले गैरीखेत मतदान केन्द्रका पहिलो मतदाता पनि हुनुहुन्छ ।
उहालाई उहाका नाति खालिद मियाले सहजीकरण गर्नुभएको थियो । २ छोरा ४ छोरी लगायत उनका ४२ जना नातिनातिना हुनुहुन्छ ।
स्याङ्जामा ११ पालिकामा ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदान स्थल बनाइएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्।
जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। ती मध्ये १ लाख २३ हजार ८६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन्।
जिल्लामा १९ वटा बिभिन्न राजनीतिक दलले मान्यता पाएका छन्। यहाँ मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हो।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ