काठमाण्डौं २५ असार । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जनाइएको छ । हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हेइटी प्रहरीका निर्देशक लियोन चाल्र्सका अनुसार १५ कोलम्बियाली र दुई हेईटी–अमेरिकीलाई पक्राउ गरिएको छ । तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन् । बुधबार बिहान हतियारधारीले राष्ट्रपति भवनमा प्रवेश गरी राष्ट्रपति जोभिनल मोइसमाथि आक्रमण गर्दा मोइसको घटनास्थलमै मृत्यु भएको थियो । मोइसकी श्रीमती घाइते भएको बताइएको छ ।
Tuesday, October 14
Trending
- फोटोग्राफर मञ्च स्याङजा’को नेतृत्वमा हिमाल न्यौपाने
- स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको संभावना बिषयक अन्तरक्रिया
- जलवायू अनुकुलन सम्बन्धी पुतलीबजारमा अन्र्तक्रिया
- अण्डा दिवस पारेर स्याङ्जाका ६३ बिद्यालयमा १६ हजार अण्डा बितरण
- डा. टिकाराम पोखरेलको ‘अन्त्यारम्भ’ कथासङ्ग्रह प्रकाशित
- एक हजार २८ प्याकेट पटका बरामद
- भीरकोटमा चौथो बयँरघारी रमाइलो मेला सुरु
- एकैदिन बिभिन्न ९ मुद्धाका फरार ८ कसुरदार पक्राउ