स्याङ्जा १२ असोज । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म संस्कार सम्बन्धी एक हप्ते प्रशिक्षण प्राथमिक शिक्षा कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दे पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले विश्वकै सबैभन्दा पुरानो धर्म संस्कार आजसम्म पनि उत्तीकै महत्वपूर्ण रहेको बताउनुभयो । संस्कार, संस्कृती र आचारणमा शुद्धता बनाउनका लागि आजकल पश्चिमा राष्ट्रले पनि हिन्दु धर्मलाई पछ्याउदै आएको जनाउनुभयो ।
कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद नेपाल राष्ट्रिय संगठनका सचिव नारायणप्रसाद ढकाल, नगर संचालक मुक्तिप्रसाद आर्याल, समाजसेवी देवेन्द्रप्रसाद गुरुङ् लगायतले हिन्दु धर्म र संस्कारका बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो । विश्व हिन्दु स्यवंसेवक संघ नेपाल स्याङ्जाका अध्यक्ष यदुनन्दन अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ऋषिराम शर्माले गर्नुभएको थियो ।
स्याङ्जा सदरमुकाममा आयोजित ७ दिने आवासिय कार्यक्रममा हिन्दु धर्म संस्कार तथा दैनिक जीवनमा आइपर्ने कार्यका बारेमा बिभिन्न बिषय बिज्ञहरुले छुटटा छुट्टै प्रशिक्षण दिईने बताइएको छ । सो कार्यक्रममा स्याङ्जा र कास्कीकागरी ८५ जना बालक सहभागी छन् ।
