स्याङ्जा ३ माघ । पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाहरुको सम्झनामा स्याङ्जामा आज (मंगलबार) साँझ दिप पज्वलन गरिएको छ ।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा दिपप्रज्वलन गरिएको हो । दिप प्रज्वलन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नगर सभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
दुर्घटना बारेमा तथ्यसत्य पत्ता लगाई सुरक्षित हवाईयात्रा गन्तब्य निर्धारण गर्न सरोकारवालालाई सुझाव दिनुभयो । इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको जनाउदै यस्ता घटना नदोह्याउन समेत उहाहरुको आग्रह छ । दिप प्रज्वलनमा नेता तथा सर्वसाधारण लगायत सयौंको सहभागीता थियो । दुर्घटनामा सवार ७२ जनाको स्मरण गर्दै ७२ वटै दिप बालिएका थिए ।
काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान ढल्(ब्ल्ऋ कलसाईन भएको जहाज दुर्घटना चालक दलका ४ जनासहित ७२ जना सवार सो जहाजमा दुर्घटना हुदा सबैको मृत्यु भएको थियो । यसैगरी, पहिलो पाइला नेपाल स्याङ्जाले पनि पुतलीबजार नगरपालिका १ चोैकी स्थित वीपी चोकमा पनि दीप प्रज्वलन गरेको जनाएको छ ।
यसैबीच, विमान दुर्घटनामा परेका थप एक जना महिलाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ३०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेक वहादुर केसीले जानकारी दिनुभयो ।
यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको छ । अब १ जनाको अवस्था अज्ञात रहेको छ । सेतीको पानी घटाएर बेपत्ता एक जनाको खोजी भइरहेको छ । यति एयरको विमानमा चालक दलसहित ७२ यात्रु थिए । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो ।