स्याङ्जा २४ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विक्रान्तकुमार श्रेष्ठ (सुवर्ण)ले महिलाले आफुभित्र लुकेको क्षमता पहिचानगरी अघि बढेमा हरेक पाइलामा सफलता मिल्ने बताउनुभयो ।
हरेक महिलामा अन्र्तनिहित क्षमता हुने र ती क्षमता उजागर हुनका लागि उनका घरायशी वातावरण र अवसरले साथ दिनुपर्नेमा उहाले जोड दिनुभयो ।
एक सय १२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यमी समितिद्धारा मंगलबार आयोजित शुभकामना तथा महिला उद्यम सम्बन्धि अन्र्तक्रिया कार्यक्रमको उदघाटन गर्दै सदस्य श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
‘ब्यक्तिका मेहनत र लगावले सफलता मिल्छ । ठूला पद र जिम्मेवारीमा पुगेका महिला पनि पहिला तपाईहरु जस्तै हुन । अवसर र मेहनतले उनीलाई त्यो स्थानमा पुरयाएको हो। ’ उहाले भन्नुभो, उचो सोच र लक्ष्य राखेर अघि बढे सफलता अवश्य मिल्छ ।
कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं वरिष्ट उपाध्यक्ष हिक्मत श्रेष्ठ, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष सुनिता पौडेल, महासचिव रामचन्द्र नेपाल, वरिष्ट सदस्य रंगनाथ रेग्मी, सहकोषाध्यक्ष सुमन गुरुङ, सदस्य रविन केसी र गंगा प्रधान, गण्डकी प्रदेश ब्यापार संघका सदस्य नारायणप्रसाद ढकाल, महिला उद्यमी सल्लाहकार मखमली श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै महिलाका अवसर र चुनौतीका बारेमा आ आफना धारणा ब्यक्त गर्दे सबै महिलाका लागि समान अवसर मिल्नु पर्नेमा जोड दिनुभयो ।
महिला उद्यम बिकास समितिका अध्यक्ष इन्देणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव देवु लम्सालले संचालन गर्नुभएको थियो ।