स्याङजा, २५ साउन । हरिनास गाउपालिका वडा नं. ७ मा नेपाली कांग्रेसले सोमबार कार्यकर्ता प्रशिक्षण गरेको छ ।
प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले नेपाली कांग्रेसका नीति, सिद्धान्त र बर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सबै बर्ग, जातजाती, धर्मसंस्कृतिलाई अंगाल्दै समान अवसर र ब्यवहार गर्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको उहाको भनाई थियो । हरेक समास्यामा समाधान गर्दे सुख र दुखमा बिचलित र उग्र नहुने नेपाली कांग्रेंसको मौलिकपनप्रति अहिले धेरैको आर्कषर्ण बढेको जनाउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. १ को कार्यवाहक सभपाति ओम भट्ट, सहकारी बिभाग केन्द्रिय सदस्य केशवराज लम्साल, नेपाल बिद्यार्थी संघका पूर्व सभापति अर्जुन पौडेल, केन्द्रीय खेलकूद विभाग सदस्य देवकुमार मानन्धर नेता, हरिनास गाउँपालिका सभापति टोपबहादुर चन्द्र उपसभापति टोपबहादुर भुजेल लगायतले शुभकामना मन्तब्य सहित सबैलाई नेपाली कांग्रेसमा आवद्ध हुन आग्रह गर्नुभएको थियो ।
नेपाली कांग्रेस हरिनास गाउपालिका वडा नं. ७ का सभापति भेषराज थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव अशोक थापाले गर्नुभएको थियो ।
यसैबीच, सोही कार्यक्रममा ५० जना भन्दा बढी युवाहरु नेपाली कांगा्रेसका प्रवेश गरेका छन । जनमुक्ति मोर्चा बाबुराम थापा र नेकपा एमाले हरिनासका युथफोर्स सहसंयोजक गोपी लम्सालको नेतृत्वमा झण्डै ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उपसभापति टोपबहादुर भुजेलले जानकारी दिनुभयो ।