कोरोना संक्रमितका उपचारमा थप सहयोग पुरयाउने उदेश्यले हङ्कङ् बस्दै आएका एक दम्पतिले १२ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री गृह नगर वालिङमा पठाएका छन्।
वालिङ् घरभई हाल हङ्कङ्मा बसेका मोहन (तिला) गुरुङ र बीना गुरुङले वालिङ् स्थित गह«ौं प्राथमिक अस्पताललाई ती सामाग्री पठाएका हुन।
आफना छोरी ज्वाईं मार्फत पठाइएका ती स्वास्थ्य सामाग्री बाबा लेप्टिनेन्ट यामबहादुर गुरुङले नगरप्रमुख दिलीपप्रताप खाँणलाई मंगलबार हस्तान्तरण गर्नुभएको हो
कोरोना महामारी तीब्र रुपमा फैलिएका अवस्थामा यसका रोकथाम तथा नियन्त्रणमा सहज पुगोस् भनेर स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको गुरुङले बताए। उहाले थप्नुभयो ‘आगामी दिनमा पनि अस्पताललाई सहयोग गर्नेछौं।’
नगरपालिकाद्धारा संचालित आईसोलेसन कक्षमा तत्काल प्रयोगमा आउनेगरी उपलब्ध स्वास्थ्य सामग्रीको सहिसदुपयोग गर्नुपर्ने बताउदै यहाँभन्दा धेरै टाढा रहेर पनि मातृभूमिप्रतिको माया र सहयोग अनुकरणीय भएको नगर प्रमुख खाँणको भनाई छ।
उपलब्ध गराइएका सामाग्रीमा बिरामी परीक्षण गर्ने मोनिटर ५ वटा, ह्वील चियर १० वटा, स्टे«चर १० वटा, एक सय लिटरको अटोक्लेम मेसिन एउटा, पिपिई सेट १ सय वटा, बिरामी बोक्ने ट्रली २ वटा, एण्टिजिन टेष्ट कीट ५० वटा, एन नाईन्टी फाईभ मास्क ३ सय वटा रहेको उपप्रमुख कल्पना तिवारीले जानकारी दिनुभयो ।
सहयोगी दाताले अस्पताललाई आवश्यक परेका स्वास्थ्य सामग्री उपलब्ध गराइएको अस्पताल प्रमुख डा. सरोज थापाको भनाई छ।
जिल्लाका ११ पालिका मध्ये वालिङमा संक्रमितको संख्या बढी छ। संक्रमित बढेसंगै नगरपालिकाले गह्रोै प्राथमिक अस्पतालमा ५८ शैयाको आइशोलेशन कक्ष बनाइएको छ। ती मध्ये ३२ शैया अक्सिजन सहितका छन्।
Tuesday, December 3
Trending
- अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
- त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
- संघिय सांसद थापाद्धारा पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
- सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
- पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
- फागुन ६ देखि १८ सम्म सातौं स्याङ्जा महोत्सव गरिने
- युवा भाषा वैज्ञानिक पुरस्कारबाट स्याङ्जाका मोहन सहित अन्य तीन पुरस्कृत
- महिलाकालागि निशुल्क लोकसेवा तयारी कक्षा स्याङ्जामा सुरु