स्याङ्जा २९ असार । स्वास्थ्य कार्यालय स्याङ्जाले आज सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिर्घकालिन सेवाका लागि सम्मान सहित विदाई गरेको छ ।
स्याङ्जामा कार्यरत ३७ जना स्वयंसेवीलाई सम्मानपत्र र जनही २० हजार नगद सहित विदाई गरेको हो। सम्मान सहित बिदाई कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख श्रीप्रसाद जिटीले समाजिक सेवामा स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदना रहेको बताउदै शिक्षाा, स्वास्थ्य र सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । घर, परिवार, समाज र जिल्लालाई बिबिध सेवा उपलब्ध गराउदै आएका स्वयंसेवीका खटाईले स्वास्थ्यमा आमूल परिवर्तन आएकोमा उहाले जोड दिनुभयो ।
कार्यक्रममा अर्जुनचौपारी गाउपालिकका उपाध्यक्ष एवं पूर्व सम्मानित स्वयंसेविका सपना गुरुङ, चनमाया गुरुङ र तुलसा सुवेदी लगायतले आ आफना सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मित्रप्रसाद अर्यालले स्वागत एवं क्षय कुण्ठ अधिकृत बिष्णु सुवेदीले संचालन गर्नुभएको थियो । कार्यालयका अनुसार ६० बर्ष उमेर पुगेका र बिभिन्न पेशा, ब्यवसाय तथा जनप्रतिनिधीका रुपमा निर्वाचित भएका ३७ जनालाई बिदाई एवं सम्मान गरिएको हो । स्याङ्जाभर ६१२ जना स्वास्थ स्वयंसेवीले सेवा दिदै आएका छन ।