स्याङजा, २० साउन । चापाकोट नगरपालिकाबाट प्रवाह हुने सबैखालका सेवा बुधवारदेखि बन्द गरिएको छ। कोरोना भाइरस संक्रमण बढेसंगै नगरपालिकाको आकस्मिक बैठकले आजदेखि लागु हुने गरी १० दिनको लागि बन्द गर्ने निर्णय गरेको हो।
नगरपालिकाले प्रेस विज्ञप्ति मार्फत साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने जनाएको छ। नगरभित्रका कार्यालय सहित बैंक तथा वित्तीय संस्थाहरु, सरकारी तथा अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्थाहरु सबै पूर्ण रुपमा बन्द गर्ने गराउने निर्णय गरेको नगरप्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो ।
नगर प्रमुख शिवकुमार गिरीले अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेका छन्। निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्नेछ। तोकिएको समयभित्र र तोकिएका पसलमा खाद्यान्न सामाग्री खरिद गर्न सुझाइएको छ।
पालिकाका अनुसार मंगलबार साँझसम्म ५ सय २७ जनामा संक्रमण पुष्टि भएको छ। ती मध्ये ३ सय ३० जना निको भएका छन। आजसम्म १ सय ५७ जना संक्रिय संक्रमित छन भने ८ जनाको निधन भएको छ।
साथै, नगरभित्र १० शैयाको अक्सिजनसहितको आइसोलेशन केयर सेन्टर, २ वटा एम्बुलेन्सको ब्यवस्था र समुदायमा पुगेर निशुल्क एन्टीजेन र पिसिआर परिक्षण गर्दे आएको पालिकाले जनाएको छ।
स्याङजाको ११ पालिका मध्ये चापाकोट नगरपालिका बढी प्रभावित मध्येको एक हो। अन्य १० पालिकामा भने बन्दको घोषणा गरिएको छैंन।
Thursday, December 5
Trending
- राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसमा १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
- अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनका लागि पत्रकारबीच अन्तरक्रिया
- सहायता सामाग्री बितरणदेखि दिप प्रज्वलनगरि स्याङ्जाभर मनाइयो अपांगता दिवस
- अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
- त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
- संघिय सांसद थापाद्धारा पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
- सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
- पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस