स्याङ्जा २२ साउन । गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराईले आधारभूत स्वास्थ्य सेवा सबै जनताको घर दैलोमा पु¥याउने प्रतिबन्धता ब्यक्त गर्नुभएको छ ।
वडा नं.११ जिमुहा स्थित जिमुहा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको समुद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । उहाले स्वास्थ्य सेवालाई प्रभावकारी रुपमा विस्तार गर्दै विशेषज्ञ सेवा सहितको आँखा र दाँतको उपचार, बर्थिङ सेन्टर सञ्चालन गरेर स्वास्थ्यका सबैखाले सेवालाई प्रभावकारी रुपमा जनताको घर घरमा पु¥याउने अभियानका साथ आफू लागेको कुरा बताउनु भयो ।
कसरी हुन्छ गल्याङ नगरबासीलाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा सुविधा दिन सकिन्छ भन्ने पक्षमा आफू नगर प्रमुखमा निर्वाचीत भएर आए पछि ग्रामिण क्षेत्रका जनतालाई सेवा दिन दुई ठाउँमा आधारभूत स्वास्थ्य सेवा सुभारम्भ गरेको कुरा बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने, स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद ओली, वडा नं. ११ का निर्वतमान वडाअध्यक्ष शंकर देब अधिकारी, समाजसेवी प्रेमप्रसाद ज्ञवाली, चिरिञ्जीवी कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नगरपालिकाको २६ लाख लागतमा निर्माण भएको स्वास्थ्यसेवा केन्द्रले गल्याङ नगरपालिका वडा नं.११ जिमुहाँ क्षेत्रका जनतालाई प्राथमिक स्वास्थ्य उपचारमा टेवा पुग्ने स्थानीयको भनाई छ ।
भवन निर्माणका लागि २ रोपनी जग्गा नरहरि अधिकारी, शुशिला अधिकारी, रुमलाल अधिकारी, पार्वती अधिकारी,नुरकान्त अधिकारी,गोमता अधिकारी, चुरामणि अधिकारी,टोम कला अधिकारी, प्रेम नारायण अधिकारी,इन्द्र कुमारी अधिकारी, भिमलाल अधिकारी,अम्बिका अधिकारी,सीताराम अधिकारी, राधिका अधिकारी,शान्ता अधिकारी, ढाकाराम अधिकारी,विष्णु अधिकारी,कृष्ण प्रसाद अधिकारी, कमला अधिकारी,टिकाराम अधिकारी रेनुका अधिकारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनु भएको कुरा निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले जानकारी दिनुभयो ।
वडा अध्यक्ष दलबहादुर सिंजालीेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्माण उपभोक्ता समितिका सचिव चक्रपाणी कंडेलले स्वागत एवं तुलसी भञ्ज्याङ स्वास्थ्य चौकी प्रमुख तुलसीराम बरालले संचालन गर्नुभएको थियो ।