Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, August 1
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकता — मुख्यमन्त्री पोखरेल
    गण्डकी प्रदेश

    स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकता — मुख्यमन्त्री पोखरेल

    Syangja SandeshBy Syangja SandeshDecember 19, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की ४ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उहाले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताउनुभयो । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उहाले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिनुभयो ।

    गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उहाले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिनुभयो ।

    विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उहाले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासङ्घ निरन्तररुपमा स्वतन्त्र प्रेसका पक्षमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।

    महासङ्घका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तक्र्रिया हुने किसिमले अघि बढाउनुपर्ने उनले बताउनुभयो ।

    कार्यक्रममा स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष ऋषिकान्त पौडेल, फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीस, प्रेस सेन्टर नेपाल गण्डकीका उपाध्यक्ष घनश्याम पाण्डे, समाजवादी प्रेस सङ्गठन गण्डकीका अध्यष गणेश पौडेल, प्रेस चौतारी नेपालका श्याम कुँवर, प्रेस युनियन कास्कीका अध्यक्ष विमला भण्डारी लगायतले कोभिड लगायतका कारण पत्रकार एवं पत्रकारिता क्षेत्र प्रभावित बनेको बताउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव गोविन्द सुवेदीले संचालन गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.