Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, December 4
    Trending
    • ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु
    • मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण
    • दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
    • राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई
    • ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
    • भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
    • पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
    • त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा ४ वटा नगरपालिकाबाटै श्रम स्वीकृति सेवा सुरु
    अर्थ

    स्याङ्जा ४ वटा नगरपालिकाबाटै श्रम स्वीकृति सेवा सुरु

    Syangja SandeshBy Syangja SandeshMay 18, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ जेठ । स्याङ्जाका ४ वटा नगरपालिकाले श्रम स्वीकृत सेवा सुरु गरेका छन् । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरूले स्थानीय तहबाटबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह हुने व्यवस्था भएसँगै पुतलीबजार, भीरकोट, वालिङ् र गल्याङ् नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन् ।


    श्रम स्विकृतिका लागि अनलाइन मार्फत सुरूवात गरेपछि स्थानीय तहबाटै वैशाख १ गतेदेखि स्थानीय पालिकाबाट लिन पाउने ब्यवस्था गरिएपछि रोजगारीका लागि विदेशमा जानेहरुका लागि निकै सजिलो बनेको छ ।


    नगर प्रमुख तुलसीराम रेग्मीले पुतलीबजार नगरपालिका ४ निवासी लोकबहादुर सुनारलाई पुनः श्रम स्वीकृति प्रदान गरी यसैसातादेखि सो सेवा शुभारम्भ गर्नुभएको छ । गल्याङ् नगरपालिकाले पनि श्रम स्वीकृति सेवा सुरु गरेको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले गल्याङ् २ का सुरज नेपालीलाई पालिकाकाट पहिलो पटक सो सेवा प्रदान गरेर सुरु गर्नुभयोे ।


    यसैगरी, भीरकोट नगरपालिकाले भने बैशाखको दोश्रो साताबाटै सो सेवा सुरु गरेको थियो भने वालिङ्ले तेस्रो सातादेखि श्रीम स्वकृतिका लागि सेवा प्रवाह सुरु गरेको थियो । वैदेशिक रोजगारीमा जान लागेका पुतलीबजारका सुनार र गल्याङ्का नेपालीले आ आफना पालिकाबाटै श्रम स्वीकृति सेवा पाउदा निकै खुशी लागेको बताउनुभयो । पालिकाबाटै स्वीकृति पाउदा दुख र खर्च दुबै बचन भएको बताउनुभयो ।


    यसअघि भने, श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभाग वा प्रदेश स्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो ।
    श्रम स्वीकृती लिनको लागि राहदानी, एक प्रती पासपोर्ट साइज फोटो, पारिवारिक विवरण, बैंक खाता (चेक प्रती सहित), व्यक्तिगत इमेल आइडी र सम्पर्क मोबाइल नम्बर, रोजगारदाताले दिएको सम्झौता पत्र, भिजाको प्रतिलिपी सहित स्थानीय तहको रोजगार सेवा केन्द्र मार्फत निशुल्क आवेदन भर्न सकिने ब्यवस्था छ ।


    वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकम बापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृति प्रक्रिया अगाडि बढ्ने र श्रम स्वीकृति पत्र अनलाइनबाटै पाउन सकिन्छ ।


    आवेदन स्वीकृत भएको वा आवश्यक विवरणहरू अपुग भएको जानकारी पनि अनलाइन मार्फत नै सम्बन्धित सेवाग्राहीले थाहा पाउन सक्छन ्। जसले विदेशमा रोजगारमा जानेले श्रम स्वीकृतिको नतिजा छिटै थाहा पाउन सक्छन ्।


    पछिल्लो समय स्याङ्जाका ११ पालिका मध्ये भीरकोट, वालिङ्, गल्याङ र पुतलीबजारले श्रम स्वकृति सेवा प्रवाह गरिसकेका छन् । स्याङ्जाबाट वैदेशिक रोजगारमा जानेको संख्या धेरै छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025

    भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने

    December 2, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025

    राष्ट्रपतिकप बिरुवाको उपाधी भुरुङचौकी माविलाई

    December 4, 2025

    ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’

    December 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ‘हाम्रो नगरमा हाम्रै खाना, स्थानीय उत्पादन बृद्धि हाम्रो चाहना’प्रथम वालिङ सडक खाना महोत्सव सुरु

    December 4, 2025

    मासुमा आत्मनिर्भर बनाउन पुतलीबजारका वडाहरुमा कुखुराका चल्ला र दाना बितरण

    December 4, 2025

    दरौखोला तथा गडयौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो

    December 4, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.