स्याङ्जा १६ मंसिर । बुधवार रातीेदेखि सुरु भएको स्याङ्जा निर्वाचन क्षेत्र नं २ को मत गणना कार्य अहिले पनि जारी छ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले नेकपा एमालेका पदमा अर्याललाई २ हजार ३२४ मतले पछि पार्नु भएको छ । गुरुङले १२ हजार ९५१ मत पाउदा अर्यालले १० हजार ६२७ मत पाउनु भएको छ ।
सुरुवाती मतगणनामा एक पटकमात्र अग्रता लिनु भएका अर्याल त्यसपछि पर्दै आउनुभएको छ । उहालाई रायिट्रय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङ्ले पछयाउदै आउनु भएको छ।
यसैगरी, तेस्रो स्थान बनाउन सफल स्वतन्त्रका उम्मेदवार गुरुङले ५ हजार ६७६ र चौथो स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले २ सय मत पाउनु भएको छ।