स्याङजा २३ कात्तिक । स्याङ्जा सहयोग समाज पोर्चुगलको अध्यक्षमा अर्जुन अर्याल निर्वाचित हुनु भएको छ । तेस्रो अधिबेशनबाट वालिङका अर्यालको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत रुपमा चयन भएको हो ।
समितिको उपाध्यक्ष्माा रेखा रेग्मी, बिशाल पराजुली, देवी डोटेल, महासचिवमा क्षितिज गौचन, सचिवकम सन्तोष सुवेदी र गणेश गैरे तथा कोषाध्यक्षमा ऋषि सुवेदी निर्वाचित हुनुभएको हो । यस्तै सदस्यहरुमा तुल गुरुङ, ज्ञानप्रसाद तिवारी, यज्ञप्रसाद डुम,्रे सुदन काफ्ले ,पदम कुवर, लक्ष्मण काफ्ले, अमर दर्लामी मगर, अनु अधिकारी, राजु मानन्धर, सुदिप थापा, धर्मगत चापागाईं, कृष्ण सेन र बिश्वास राना रहुनुभएको छ ।
साथै अधिवेशनले बिमल गौतम, बिपिन अर्याल,आकाश किरण श्रेष्ठ,राजेन्द्र प्रसाद डुम्रे रहेको चार सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । कार्यक्रममा नेपाल सरकारका बाणिज्य दुत रमेश गुरुङ ,गुल्मी समाजका अध्यक्ष युबराज पन्थी, जनसम्पर्क समितिको प्रतिनिधि चिज कुमार तामाङ, प्रवासी एकता मन्च पोर्चुगलका महासचिव दिपक खत्री, रास्ट्रीय समाचार संस्था प्रतिनिधि भरत प्रधान, पत्रकार महासघ युरोप महासचिव योगेन्द्र मिलन छ्न्त्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष बिमल गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संङ पोर्चुगलका संथापक अध्यक्ष पुर्ण हमालको प्रमुख आतिथ्यता रहेको थियो । सचिब देवी डोटेलले स्वागत मन्तव्य र महासचिव बिपिन अर्यालले कार्यक्रम संचालन गर्नुभएको थियो ।