स्याङ्जा १९ चैत । स्याङ्जा जिल्ला वार एशोसियसनको २५ औं अधिवेशनले चन्द्रबहादुर केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टंकप्रसाद न्यौपाने, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा दिर्घनारायण शर्मा निर्वाचित हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा ख्यामनारायण लामिछाने, हरिप्रसाद रेग्मी, विश्वराज मरासीनी, श्यामकाजी अधिकारी, पारशमणी पाण्डे, श्यामप्रसाद श्रेष्ठ, नारायणप्रसाद रेग्मी, नारायणप्रसाद कोइराला, संगीता नेपाली, पूर्णचन्द्र उपाध्याय, एकबहादुर कुमाल निर्वाचित हुनु भएको छ । यसैगरी, केन्द्रिय पार्षदमा तुलसी गिरी, युगनारायण श्रेष्ठ, रामेश्वर रेग्मी, दुर्गानारायण ढकाललाई चयन हुनु भएको निर्वाचन संयोजक अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी, स्याङ्जा जिल्ला बार एशोशियसनबाट आज भएको केन्द्रिय निर्वाचनका लागि ४३ मत खसेको छ । जिल्लामा वारका आधिकारिक सदस्य ५४ जना रहेको बताइएको छ ।
Wednesday, December 3
Trending
- ‘प्रथम वालिङ सडक खाना महोत्सव आजबाट सुरु’
- भाग्योदयको स्वर्णमहोत्सव उदघाटनमा राष्ट्रपति पौडेल स्याङ्जा आउने
- पूर्वनगरप्रमुख थापाको स्मृति दिवसमा रक्तदान
- त्रिभुवन आदर्श माध्यमिक बिधालयमा बिज्ञान प्रदर्शनी
- गल्याङमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम
- भीरकोटमा महिलासमूहबीच पञ्चेबाजा प्रतियोगितासंगै सचेतनामूलक कार्यक्रम
- वालिङमा दश दिने बारिष्टा सीप स्तरोन्नति तालिम सुरु
- मौलिकता झल्कनेगरि पालिकागान रचना गर्न वालिङको आग्रह
