स्याङ्जा ३० भदौ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकै दिन ४६ जना बिभिन्न मुद्धाका प्रतिवादीहरु पक्राउ गरेको छ ।
सार्वजनिक मुद्धामा सजाए तोकेपछि फरार उनीहरुलाई जिल्ला तथा मातहतका कार्यालयबाट खटिएका प्रहरीले बुधवार ४६ जना पक्राउ गरि आवश्यक कारवाही अघि बढाएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
‘प्रतिवादि पक्राउ अभियान’ संचालन गरेको प्रहरीले फैसला कार्यान्वयनको शिलशिलामा बिगत ५ देखि फरार प्रतिवादी पक्राउगरी प्रशासन कार्यालय स्याङ्जाामा आवश्यक कारवाहीका लागि बुझाएको प्रनाउ खनालले बताउनुभयो ।
सार्वजनिक अपराध तथा अन्य कसुरहरुका आरोपित उनीहरुबाट १ लाख २६, हजार ७५ रुपैंया समेत राजश्व संकलन गरिएको र कसुर अनुरुप कारवाही अघि बढाएको प्रहरीको भनाई छ।