स्याङ्जा २७ असार । प्रशासन कार्यालयमा आउने सेवाग्राहीका स्वास्थ्यप्रति ध्यान दिदै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्वास्थ्य सहायता कक्षको स्थापना गरेको छ ।
पुतलीबजार नगरपालिकाको प्राबिधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको ब्यवस्थापनमा कक्षको स्थापना गरिएको हो ।
प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गर्दै स्वास्थ्य सहायता कक्षको स्थापना गरिएको हो । बिशेषगरी पछिल्ला समय परिचयपत्र बनाउनका लागि भन्दै जेष्ठ नागरिकका धेरै भीड बढेपछि प्रशासनले सो सुबिधा सहितको सेवा थप गरेको छ ।
कक्षबाट सेवा लिन आउने जो कोहीले पनि आफनो स्वास्थ्य अवस्थाका बारेमा जानकारी पाउन सक्नेछन भने अकस्मात कोही बिरामी भएमा पनि थप उपचारका लागि आवश्यक परेमा एम्बुलेन्स सेवा समेत उपलब्ध गराउनेगरी वा दिईने प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिनुभयो ।
स्वास्थ्य सहायता कक्षबाट कार्यालय समयभर स्वास्थ्य सेवा उपलब्ध गराईने पशासन कार्यलयले जनाएको छ ।