स्याङ्जा २४ चैत । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समिति र तनहु जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगत महिला उद्यम समितिका उद्यमी महिलाबीच अन्र्तक्रिया गरिएको छ ।
तनहुका महिला उद्यम विकास समितिका अध्यक्ष चन्द्रकुमारी आलेको नेतृत्वमा आएको १८ जनाको टोली र स्याङजाका महिला उद्यमीबीच आ आफना ज्ञान, सीप, बजारका बारेका अनुभव आदानप्रदान गरेका छन् ।
अन्र्तक्रियामा बोल्दै स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठले महिला दिदीबहीनीहरु उद्यम ब्यवसाय संचालन गरेर आयआर्जन बढाई र आत्मनिर्भर बन्नुपर्ने बताउनुभयो । बिभिन्न समय समयमा उद्योग वाणिज्य संघले उपलब्ध गराउदै आएको तालिम तथा प्रशिक्षणले धेरै महिला दिदीवहीनीमा राम्रो प्रभाव देखिएको र राम्रो ब्यवसाय गर्दै आएकोमा जोड दिनुभयो ।
कार्यक्रममा तनहुँका महिला उद्यम विकास समितिका अध्यक्ष चन्द्रकुमारी आले, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महिला उपाध्यक्ष सुनिता पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै महिला उद्यमी बढाउन सबैले तहवाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
स्याङ्जा महिला उद्यमी विकास समितिका संयोजक इन्द्रेणी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सचिव देवु लम्सालले संचालन गर्नुभएको थियो ।