Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, October 18
    Trending
    • पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई
    • राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन
    • प्रहरी दिवसका अवसरमा खुला रक्तदान
    • खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी
    • भूमि आयोग पुनस्र्थापनाको माग
    • बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान
    • गण्डकी महामेला एवं दामोदर धर्मोत्सवमा भक्तजनको घुईंचो
    • सरकारी सेवाप्रवाह सन्तोषजनक— उपप्रमुख सुवेदी
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘स्याङ्जा जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा’
    पुतलीबजार नगरपालिका

    ‘स्याङ्जा जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा’

    स्याङ्जालाई पूर्णखोप सुनिश्चितताको घोषणासंगै दिगोपनाको प्रतिवद्धता गरिएको छ । बालबालिकालाई १३ वटा रोग बिरुद्धका ७ वटा खोपका मात्रा पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।
    Syangja SandeshBy Syangja SandeshJune 11, 2024Updated:June 11, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २८ जेठ । स्याङ्जालाई पूर्णखोप सुनिश्चितताको घोषणासंगै दिगोपनाको प्रतिवद्धता गरिएको छ । बालबालिकालाई १३ वटा रोग बिरुद्धका ७ वटा खोपका मात्रा पूरा भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको हो ।

    गण्डकी प्रदेश सामाजिक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले स्याङ्जाका १४ हजार ८८ बालबालिकाले पूर्णखोप पाएसंगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । साथै, आउँदा बर्षका बालबालिकालाई पनि यसरी नै आवश्यक सबै खोप लगाउने कार्यलाई निरन्तरता दिईने भन्दै स्याङ्जा स्थित ११ वटै पालिका प्रमुख तथा अध्यक्ष लगायत सरोकारवालाले प्रतिवद्धता जनाइएको छ ।

    घोषणासंगै म्याग्दी पछि प्रदेशकै दोस्रो स्याङ्जा पूर्णखोप सुनिश्चितता भएको बताए। विगतका तुलनामा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको जनाउदै आउँदा दिनहरुमा पनि थप सेवा सुबिधा क्रमशः बढाईदै लगिने बताउनुभयो । जन्मेदेखि १५ महिनाका ३ हजार ४५७ जना र १६ देखि ५९ महिनाका १० हजार ६३१ जना बालबालिकाले पूर्ण खोप लगाईएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो । उहाका अनुसार जन्मे—१५ महिनाका ५ जना र १६ देखि ५९ महिनाका १६ जनाको खोप छुटेको छ । ‘छुटेका बालबालिकालाई पनि खोप दिईने छ ।’ उहाले भन्नुभयो ।

    दिगो विकास लक्ष्य अनुरुप सन २०३० सम्ममा ५ बर्ष मुनिको मृत्युदर सुन्यमा झार्ने लक्ष्य बमोजिम जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाले १३ प्रकारका खोप लगाउने गरिएको हो । शिशु जन्मनबित्तिकै बीसीजी र त्यसपछि क्षयरोग, भ्यागुतेरोग, लहरेखोकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोफिलस इन्फ्लुएन्जा बी, पोलियो, दादुरा, रुबेला, न्युमोकोकस र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप लगाइन्छ। निश्चित उमेरमा खोप लगाएमा संभावित रोगको जोखिमबाट बचाउन सकिन्छ ।

    कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख एवं पूर्ण खोप समन्वय समितिका अध्यक्ष श्रीप्रसाद घर्ति, उपप्रमुख खडगराज सुवेदी, गल्याङ् नगरप्रमुख गुरुप्रसाद भट्टराई, कालीगण्डकी अध्यक्ष खिम थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्वास्थ्यकर्मी डिल्लीराम अधिकारी, स्वास्थ्य कार्यकर्ता बबिता गौतम, जनस्वास्थ्य अधिकृत मित्रप्रसाद अर्याल लगायतले खोप पाउनु नैसर्गिक अधिकार भएको जनाउदै स्वास्थ्यका क्षेत्रमा राज्य उदार बन्नुपर्नेमा जोड दिए । स्वास्थ्य निशुल्क हुनुपर्नेमा उहाँहरुको भनाई छ ।

    पूर्ण खोप घोषणा कार्यक्रम पूर्ण सहभागी सबैजनाले पुतलीबजार नगरपालिका १ स्थित मुख्य बजार परिक्रमा गरेका थिए । कार्यक्रममा जिल्ला स्थित ११ पालिकाका प्रमुख तथा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य स्वयंसेवी, सुरक्षा निकायका प्रमुख लगायत, कार्यालय प्रमुख र सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

    जिल्लाका एघार पालिका मध्ये सोही कार्यक्रममा उत्कृष्ट पालिका, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वास्थ्य संस्थागरी झण्डै ३ दर्जनलाई सम्मान गरिएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025

    बाख्रापालक किसानलाई खोर निर्माणमा अनुदान

    October 16, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025

    खसी बोकाबाट कालीगण्डकीलाई एक करोड ३६ लाख आम्दानी

    October 16, 2025

    भूमि आयोग पुनस्र्थापनाको माग

    October 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पेल्काचौरमा जारी भलिवलको उपाधि शुक्लागण्डकी १२ लाई

    October 17, 2025

    राधिका अर्याल (राधा) को “अङ्कुर“ कविता सङ्ग्रह विमोचन

    October 17, 2025

    प्रहरी दिवसका अवसरमा खुला रक्तदान

    October 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.