Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा जिल्ला अस्पतालले मनायो २४ औं स्थापना दिवस
    पुतलीबजार नगरपालिका

    स्याङ्जा जिल्ला अस्पतालले मनायो २४ औं स्थापना दिवस

    जिल्ला अस्पताल स्याङ्जाले शनिवार स्थापना दिवस मनाएको छ।
    Syangja SandeshBy Syangja SandeshJune 1, 2024Updated:June 1, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्ना १९ जेठ । जिल्ला अस्पताल स्याङ्जाले शनिवार स्थापना दिवस मनाएको छ। अस्पताल स्थापनाको २४ औं बर्ष प्रवेशको अवसर पारेर अस्पताल ब्यवस्थापन समिति र अस्पतालका कर्मचारीले दिवस मनाएका हुन ।

    अस्पताल परिसर वरपर सरसफाई, बृक्षरोपण, फूलवारी गोडमेल सहित अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेका छन ।
    विस २०५७ सालमा पुतलीबजार नगरपालिका ३ कुमाल गाउँमा स्थापना गरिएको हो। नेपाल सरकारबाट १५ शैयाको स्वीकृती पाएको अस्पतालले अस्पताल ब्यवस्थापन समिति मार्फत ५९ शैयाको सेवा उपलब्ध गराउदै आएको छ ।

    स्थायी, अस्थायी, करार र बिभिन्न परियोजना मार्फत बिशेषज्ञ चिकित्सक सहित ८७ जनाले सेवा दिदै आएका छन । जटिल अवस्थाको प्रजनन, प्रसुती,सुत्केरी सेवा, हाइड्रोशिल, एपेन्डिक्स, हर्निया लगायतका शल्यक्रिया सेवा, डायलायसीस सेवा लगायत दाँत, आँखा, भिडियो एक्सरे, थेरापी, ल्याब परिक्षण, पाठेघरको मुखको क्यान्सर भी.आई,ए परिक्षण, स्वास्थ्य विमा सुबिधा, बाल सेवा, खोप, गर्भवती परिक्षण, ओसीएमसी लगायतका सामान्य तथा आकस्मिसेवा सहित बिहान ७ बजेदेखि ओपीडि सेवा प्रवाह गर्दै आएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर गोदारले जानकारी दिनुभयो ।

    पिआइसीयू कक्ष निर्माण कार्य जारी रहेको र बिशेष नवजात शिशु उपचार कक्ष संचालनमा ल्याइसकिएको पनि अध्यक्ष गोदारले बताउनुभयो । पछिल्लो समय अस्पतालको गुणस्तरीयता बृद्धि भएसंगै बिरामी तथा स्वास्थ्य परिक्षणका लागि आउनेको संख्यामा पनि बृद्धि भएको छ। सरदर दिनहुँ २ सय भन्दा बढीले सेवा लिने गरेका अस्पतालका मेसु रुक्बिना अधिकारीले बताउनुभयो ।

    स्याङ्जा सदरमुकाम नजिक रहेको जिल्ला अस्पतालले ५० शैयाको अनुमति कुर्दै बसेको छ । तर, राज्य भने बिभिन्न वाहाना बनाउदै पन्छिन खोजेको अध्यक्ष गोदारले भन्नुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.