Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, December 15
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा क्षेत्रनं. २ मा हेभिवेयट भिडन्त,> धनराज कि पदमा ?
    राजनीति

    स्याङ्जा क्षेत्रनं. २ मा हेभिवेयट भिडन्त,> धनराज कि पदमा ?

    Syangja SandeshBy Syangja SandeshNovember 3, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १७ कात्तिक । स्याङ्जा क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य निर्वाचनलाई महत्वका साथ हेरिएको छ। यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ। दुबै हेभी वेयटका उम्मेदवार आ आफना चुनावी एजेण्डा बिकाउनमा ब्यक्त छन्।


    हुन पनि नेपाली कांग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ र नेकपा एमालेका केन्द्रिय सचिव पदमा अर्यालबीचको प्रतिस्पर्धा निकै रोचक हुने भएको छ। गुरुङ् पहिलो पटक प्रत्यक्ष निर्वाचनमा उठ्नु भएको हो । यसअघि उहा समानुपातिकतर्फका उम्मेदवार हुनुहुन्थ्यो । तर, अर्याल भने अघिल्लो पटकको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्य र मन्त्री पनि बनिसक्नुभएको छ ।


    कांग्रेसका उम्मेदवार गुरुङ्ले स्याङ्जाको लाईफ लाईन सिद्धार्थ राजमार्ग भएको बताउनुभएको छ । उहाले सिद्धार्थ राजमार्ग बिस्तार सहितको योजना लिएर आफु उम्मेदवार बनेको बताउनुभयो । उहाले भन्नुभयो , पोखरा—सुनौली जोड्ने सिद्धार्थ राजमार्ग अन्र्तगत झण्डैं ८२ किलोमीटर सडक स्याङ्जा जिल्लामा पर्दछ। साँगुरो र घुमाउरो राजमार्गका कारण यहाँ अपेक्षित बस्ती एवं उद्योग, कलकारखाना छैंनन्। ठूला उद्योग कलकारखाना जिल्लामै छैंनन्।

    जसका कारण रोजगार सहित शिक्षा लगायतका अन्य सेवाका लागि जिल्लाबासी अन्यत्र सुबिधासम्पन्न शहरमा धाउनुपर्ने वाध्यता छ। उहाले थप्नुभयोे, ‘अव मुग्लिन — नारायणघाटजस्तो राजमार्ग बनाउनुछ।’ शिक्षाका लागि उर्वर भूमि स्याङ्जा कर्मका लागि वाहिर गएपछि फर्कने बिरलै भेटिन्छन् यहाँ।

    उम्मेदवार गुरुङले पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्गका दायाँबायाँ रहेका बस्तीलाई सुरक्षित एवं उपयुक्ततरिकाले ब्यवस्थापनगरी राजमार्गलाई डबल लेनको बाटो बनाएर देखाउने प्रतिवद्धता समेत जनाउनुभयो । ‘मैले सिद्धार्थ राजमार्ग बिस्तारका लागि राष्ट्रिय योजना आयोगमा कुरा गर्दा उहाँहरुले डबल लेन बनाउन सकिने सल्लाह दिनुभयो।’ उहाले भन्नुभयोे, ‘अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढिसकेको छ।’


    वालिङ र चापाकोट नगरपालिकालाई नमूना सहरको बनाउने बताए। आँधीखोले सभ्यता र कालीगण्डकीकोे सभ्यता मिल्दाजुल्दा रहेकाले वालिङ् र चापाकोट नमूना शहर बनाउन सकिनेमा उहाले जोड दिनुभयो ।
    उहाका अनुसार, ‘दुबै शहरलाई नमूना शहरको रुपमा रुपान्तरण गर्दै हाम्रा सभ्यतालाई पर्यटन मार्फत अन्र्तराष्ट्रियकरण गर्न सकिनेछ।’


    वालिङमा उच्चतम प्रविधि सहितको सुविधायुक्त अस्पताल, आँधीखोला हाइड्याम लुम्बिनी प्रदेशसंगै सहकार्य गर्दै रानीमहल – आलमदेवी – सेतीवेनी – गह्रौँसुर हुँदै छाँयाक्षेत्र हुदैं पोखराबाट मुक्तिनाथ पुरयाउने धार्मिक पर्यटनको ट्याक सहितका दिर्घकालिन एवं अल्पकालिन योजना सुनाउनुभयो ।


    गुरुङ्संगै नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा १ मा उम्मेदवार भोजराज अर्याल र २ मा महेश भट्टराईलाई उम्मेदवार बनाएको छ। अर्याल र भट्टराई पहिलो पटक प्रदेशसभाको चुनावी उम्मेदवार हो । अर्याल वालिङ् नगरपालिकाका पूर्व प्रमुख हुनुहुन्छ भने अघिल्लो स्थानीय तह निर्वाचनमा भट्टराई गल्याङ् नगरपालिका ३ का अध्यक्ष ।


    यसैगरी, स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार पद्मा अर्यालले भीरकोटलाई पर्यटकीय हबको रुपमा विकास गर्ने बताउनुभयो । भीरकोट ६ र ७ को सिमलचौर, खिलुङ, चिउरीखर्क लगायतका स्थानहरुमा पुगेर मतदाताहरुसंग भेटघाट गर्ने क्रममा उहाले सो बताउनुभएको हो ।


    उहाले भन्नुभयो्, ‘भीरकोटमा प्रशस्त संभावना युक्त पर्यटकीय तथा ऐतिहासिक स्थलहरु रहेकाले संभावनाहरुको निरन्तर खोजी गरी पर्यटकीय हब बनाउनेछु।’ यसअघि आँफु मन्त्री हुदाँ स्वरेकमा प्याराग्लाईङि स्पोर्टको निर्माण गरी त्यहाँसम्म पुग्नका लागी वालिङदेखि र बयरघारी देखि बाटो पिच गर्नका लागी बजेट विनियोजन गरेपछि केही सडक पिच भएको बताउनुभयो ्।

    एमाले सरकारले धेरै काम गरेको भन्दै केहि योजना परमादेशको सरकारले कुल्चिदिएको उहाको आरोप छ। मिर्दि भिमाद सडकका लागी छिट्टै काम शुरु गरी राजमार्गको रुपमा विकास गर्ने उहाको भनाई छ।


    कार्यक्रममा प्रदेशसभा १ मा मोहन रेग्मी र २ मा बुद्धिमान श्रेष्ठ उम्मेदवार हो । रेग्मी २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित उम्मेदवार हो भने श्रेष्ठ अघिल्लो पटकको निर्वाचनमा पराजित उम्मेदवार हुनुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.