स्याङ्जा, ९ मंसिर । नेपाली कांग्रेसको स्याङ्जा जिल्ला सभापतिमा दुई जनाले मनोनयन दर्ता गर्नु भएको छ।
संस्थापन इतरबाट राजु थापाको उम्मेदवारी परेको छ। नेता गोपालमान श्रेष्ठ पक्षबाट भागवतप्रकाश मल्लले उम्मेदवारी दिनुभएको छ ।
थापा संविधानसभा सदस्य र मल्ल स्याङ्जा–२ को ‘ख’ बाट निर्वाचित गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ ।
थापा प्यानलबाट उपसभापतिमा केदार काफ्ले र होमप्रसाद भट्टराईको उम्मेदवारी रहेको छ । सचिवमा रामचन्द्र रेग्मी र गुरुप्रसाद भट्टराई र सहसचिव द्धयमा रोशन दर्जी र दिनबन्धु पौडेल रहनु भएको छ ।
यसैगरी, सभापतिका अर्का उम्मेदवार मल्लको टीमबाट उपसभापतिमा नारायणप्रसाद पौडेल र शेरबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सचिवमा बुद्धिप्रसाद भण्डारी र दामोदर लम्साल र सह सचिवद्वयमा पृथ्वीप्रसाद पोख्रेल र सवितादेवी शर्मा लामिछानेको उमेद्वारी परेको छ ।
स्याङ्जामा वडा तहदेखि नै छुट्टाछुट्टै दुई प्यानल बनेर निर्वाचनमा सहभागी बन्दै आएका छन्। आज मनोनयन दर्ता भएसंगै भोली विहानदेखि मतदान हुने निर्वाचन समितिको सचिवालायले जनाएको छ । भोलि नै महासमिति सदस्यको समेत मतदान हुने भएको छ ।