स्याङ्जा २५ कात्तिक । नेपाली कांग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको जिम्मेवारी केदार काफ्लेलाई दिइएको छ।
स्याङ्जाका सभापति राजु थापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार बनेपछि काफ्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो।
सभापति थापाले काफ्लेलाई नेपाली कांग्रेसको विधान धारा १२ को उपधारा ७ ९ट० ले दिएको अधिकार प्रयोग गरी नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यबाहक सभापतिको जिम्मेवारी दिएको जानकारी दिनुभयो।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति स्याङ्जाका उपसभापति समेत रहेका काफ्ललेलाई कार्यवाहकको जिम्मेवारी दिइएको छ।
यसैगरी नेपाली कांग्रेस स्याङ्जाले मंसिर ४ गतेको निर्वाचनका लागि कांग्रेससहित गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन विभिन्न समितिहरु गठन गरेको छ।
जिल्लास्तरीय अनुगमन समितिको संयोजकमा कार्यवाहक सभापति केदार काफ्ले, चुनाव प्रचार प्रसार समितिको संयोजकमा सचिव दामोदर लम्साल, सूचना तथा सञ्चारमा पार्टीका प्रवक्ता भरतराज लम्साल, सूचना तथा प्रविधि समितिको संयोजकमा फणिन्द्र पौडेललाई जिम्मेवारी दिइएको नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ।