Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, September 21
    Trending
    • ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामै पहिलो वालिङमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण
    वालिङ् नगरपालिका

    स्याङ्जामै पहिलो वालिङमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण

    Syangja SandeshBy Syangja SandeshJuly 14, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ असार । वालिङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्न शुरु गरेको छ ।

    ‘इएफटी’ सेवा सुरु भएपछि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइनेछ । आर्थिक वर्ष २०७९÷०८० मा चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता इएफटी प्रणाली मार्फत वितरण गरिएको हो । यसअघि चालु आर्थिक वर्षको पहिलो, दोस्रो, तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता चेक मार्फत दिईएको थियो ।


    वालिङ नगरपालिकामा ७ हजार २८ जना लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् । जसमा अन्य जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ४ हजार १७८ जना, दलित जेष्ठ नागरिक भत्ता प्राप्त गर्ने ३४६ जना, जेष्ठ नागरिक एकल महिला ६०२, विधवा ८१७, पुर्ण अपांगता १३१, अति अशक्त अपांगता २९५, दलित बालबालिका ६५९ जना बालबालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका छन् ।

    चालु आर्थिक वर्षको चौँथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता लाभग्राही ७ हजार २८ जनाले इएपmटि प्रणाली इलेक्ट्रोनिक फण्ड ट्रान्सफर प्रणालीबाट प्राप्त गरेका छन् । वालिङ नगरपालिकाबाट प्रथम त्रैमासिकमा ६ करोड ३६ लाख ७३ हजार २४७ रुपैँया, दोस्रो त्रैमासिकमा ६ करोड ९१ लाख ५३ हजार ८२६, तेस्रो त्रैमासिकमा ६ कराड ८७ लाख २५ हजार ३२९ र चौँथो त्रैमासिकमा ६ करोड ८४ लाख ६६ हजार ६७५ रुपैँया गरी २७ करोड १९ हजार ७७ रुपैँया सामाजिक सुरक्षा भत्ता लाभग्राहीले बुझेका छन् ।


    अन्य जेष्ठ नागरिक भत्ता ४ करोड ९९ लाख २५ हजार ३७, दलित जेष्ठ नागरिकका लागी २७ लाख ४६ हजार ३२२, जेष्ठ एकल महिला ४७ लाख ९८ हजार २९७, विधवा ६५ लाख १९ हजार ६६०, पुर्ण अपांगता भत्ता १५ लाख ६८ हजार ७०, अति असक्त अपांगता भत्ता १८ लाख ८३ हजार २८० र दलित बालबालिका १० लाख २६ हजार ९ रुपैँया चालु आर्थिक वर्षमा लाभग्राहीले बुझेका छन् ।


    स्याङ्जाका ११ पालिका मध्ये वालिङ नगरपालिका इएफटि प्रणाली लागु गर्ने पहिलो पालिका हो । एफटि प्रणाली देशका ७५३ स्थानीय तहमध्ये वालिङ सहित ५० पालिकामा लागू भएको छ । गण्डकी प्रदेशका पालिका मध्ये वालिङ सहित कास्कीको पोखरा महानगरपालिका, नवलपरासीको गैडाकोट नगरपालिका र तनहुँको व्यास नगरपालिकामा इएफटि प्रणाली लागू भएका छन् । राष्ट्रिय परिचय पत्र पञ्जिकरण विभाग र वालिङ नगरपालिकाको व्यवस्थापनमा यो प्रणाली लागू गरिएको हो ।


    यसअघि सामाजिक सुरक्षा भत्ता रकम संघीय सरकारले स्थानीय तहको खातामा रकम पठाउँथ्यो र उक्त रकम कतिपय पालिकाले नगदमा परिणत गरेर पालिका कार्यालय वा वडा कार्यालयमा र कतिपयले कर्मचारी खटाएर लाभग्राहीको घरै पुगेर दिने गरेका थिए भने कतिपय पालिकाले भने बैंक खातामै जम्मा गरिदिन्थे।

    अब भने यो काम नगरपालिकाको भूमिका सूची अद्यावधिक गर्न मात्रै हुने भएको छ । नगरपालिकाले सूची अद्यावधिक गरेर भुक्तानी आदेश दिएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालयले नै खातामा पैसा पठाउन शुरु गरेको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    ठेकेदारको लापरबाहीले अस्पताल भवन ३ वर्षदेखि अलपत्र

    September 21, 2025

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.