Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, October 21
    Trending
    • बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग
    • चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा
    • झण्डै २ लाख नगद सहित ७ जना पक्राउ
    • जजकमा आरोपित खवास पक्राउ
    • स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई
    • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री
    • बयँरघारीमा जारी मेलामा संचालित भलिवलको उपाधी पुतलीबजारलाई
    • गह्रौंसुर मन्दिरको आयब्यय सार्वजनिक, ८ लाख ७४ हजार बचत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ५ दलिय गठबन्धनका साझा प्रतिवद्धता
    राजनीति

    स्याङ्जामा ५ दलिय गठबन्धनका साझा प्रतिवद्धता

    Syangja SandeshBy Syangja SandeshNovember 15, 2022Updated:November 15, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २९ कात्तिक । आसन्न निर्वाचन आउन ५ दिन बाँकी रहँदा स्याङ्जाका ५ दलिय गठबन्धनले साझा प्रतिवद्धता सार्वजनिक गरेका छन्।


    आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक–बाम गठबन्धन स्याङ्जाका प्रमुखहरुले सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका हुन्।


    नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी स्याङ्जाका प्रमुखहरु सहितको बैठकले लोकतान्त्रिक–बाम गठबन्धनकातर्फ साझा र सामूहिक प्रतिबद्धता गरेका हुन्।


    ‘ग्रामीण क्षेत्रमा यातायातका पूर्वाधार गर्दै गुणस्तरीय पर्यटन ब्यावसाय विस्तार गर्ने, पर्यटनलाई समृद्धिको आधार बनाउने, कृषिमा आधुनिकीकरण तथा ब्यावसायीकरण गरी आत्मनिर्भर हुनुकासाथै निर्यात गर्ने, जडिबुटीको ब्यावसायिक उत्पादन प्रशोधनमा जोड दिने, जनताको लगानी बृद्धि गरी उर्जा निर्यात गर्ने, शैक्षिक संस्थाहरको स्तरबृद्धि गरी बाहिरबाट समेत यहाँ उच्च शिक्षा हासिल गर्न आउने वातावरण निर्माण गर्ने, आधुनिक स्वास्थ्य सुविधा प्रत्येक पालिकामा पु¥याउने, खेलमैदान निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा जोड दिने रहेका छन्।


    यसैगरी, सिद्धार्थ राजमार्गलाई दुई लेनमा स्तरोन्नतिकालागि पहल गर्ने, कालीगण्डकी, आँधीखोला, ज्याग्दीखोला, दरौंखोलामा आवश्यकता अनुसार हाईड्याम तथा करिडोरकालागि पहल गर्ने, स्याङ्जा–पोखरा सुरुङ मार्ग निर्माणकालागि पहल गर्ने, जिल्ला सदरमुकामबाट सबै पालिकाको केन्द्र जोड्ने सडकलाई बाह«ै महिना सञ्चालन हुन सक्ने गरी स्तरोन्नति गर्ने, पालिका केन्द्रलाई आर्थिक केन्द्रकोरुपमा विकास गर्ने, गरिब तथा पिछडिएको वर्ग समुदायको उत्थानकालागि विशेष कार्यक्रम सञ्चालन गर्ने, महिला सशक्तिकरणकालािग महिला शिक्षा र रोजगारीमा जोड दिने प्रतिवद्धता छन्।

    दलित तथा जनजातिहरुलाई विशेष अवसर प्रदान गरी मुलप्रवाहीकरण गर्ने, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तिको जीवन सहज बनाउन विशेष ब्यवस्था गर्ने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने, पिछडिएका स्थानहरुको विकासकालागि विशेष योजना कार्यान्वयनमा ल्याउने सामूहिक प्रण गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ। भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त मानव विकास सूचाङ्कमा स्याङ्जालाई नमूना जिल्लाकोरुपमा विकास गर्ने सङ्कल्पसहित लोकतान्त्रिक–बाम गठबन्धन अगाडि बढेको विज्ञप्तीमा उल्लेख गरिएको छ।


    लोकतान्त्रिक–बाम गठबन्धन सत्ता प्राप्तिकालागि नभई संविधानको रक्षा, जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक गणतनत्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकास र गर्ने उल्लेख छ।
    स्याङ्जामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकालागि प्रस्तुत प्रत्यक्ष उम्मेदवारलाई पार्टी निर्णय अनुसार र समानुपातिकतर्फका उम्मेदवारलाई आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गर्न पनि सामूहिक आब्हान गरिएको छ।


    नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट हासिल भएको उपलब्धीलाई संस्थागत गर्दै जनताको जीवनस्तर उकास्न, मुलुकको समृद्धिको यात्रालाई द्रुतता प्रदान गर्न र नेपालको शीर अन्तर्राष्ट्रिय जगतमा उचो राख्नकालागि पाँचदलीय गठबन्धन भएकोे जारी विज्ञप्तिमा उल्लेख छ।’


    पाँच दलिय गंठबन्धनका प्रमुखहरु क्रमश ः नेपाली कांग्रेसका कार्यवाहक सभापति केदार काफले, नेकपा माओवादी संयोजक प्रकाश न्यौपाने किरण, नेकपा एकिकृत समाजवादी संयोजक प्रेमनारायण पौडेल, राष्टिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेपाल समाजवादी पाटीका अध्यक्ष ख्यामनारायण ढकालद्वारा हस्ताक्षर गरी साझा प्रतिवद्धता सार्वजनिक सार्वजनिक गर्नुभएको हो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025

    स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा क्षत्री

    October 20, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025

    जजकमा आरोपित खवास पक्राउ

    October 20, 2025

    स्याङ्जा प्रहरीद्वारा चाडपर्व लक्षित नागरिक सुनुवाई

    October 20, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    बोनम्यारो पिडित बालकलाइ लायन्सको सहयोग

    October 20, 2025

    चर्को आवाजमा चलाइएका मोटरसाइकल नियन्त्रणमा

    October 20, 2025

    झण्डै २ लाख नगद सहित ७ जना पक्राउ

    October 20, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.