Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा ३९ जनालाई मृत्युको न्यायिक घोषणा
    पुतलीबजार नगरपालिका

    स्याङ्जामा ३९ जनालाई मृत्युको न्यायिक घोषणा

    Syangja SandeshBy Syangja SandeshMarch 2, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १९ फागुन । भीरकोट नगरपालिकाका तेजबहादुर मल्ल वि.सं. २०३५ सालदेखि वेखबर हुनुभयो । युवा अवस्थामा घरबाट निस्कनु भएका उहाँ त्यसपछि कहाँ जानु भयो त्यसपछि अहिलेसम्म परिवारले पत्तो पाउन सकेन।

    उहाका परिवारले ४५ बर्षसम्म उनको बाटो र खबरको प्रतिक्षा गरिरहनु भयो े। कहि कतैबाट केही पत्तो पाउन नसकेपछि जिल्ला अदालत स्याङ्जामा पुगेर उहाका दाजु यामबहादुर मल्लले मृत्युको न्यायिक घोषणाका लागि निवेदन गर्नुभयो ।
    परिवारबाट २०३५ सालदेखि घरबाट निस्केपछि हालसम्म फर्केर नआएकोले मृत्युको न्यायिक घोषणा गरिपाऊँ भन्ने निवेदनमा ‘मृत्युको न्यायिक घोषणा’ गर्ने निर्णय गरेको थियो।

    त्यसपछि अदालतले आफनो प्रक्रिया पुरा गरेर तेजबहादुर मल्लको मृत्युको घोषणा गरिदियो । निवेदनका अनुसार बेखबर भएका मल्लको हालको उमेर ९६ बर्ष छ ।

    हरिनास गाउँपालिकाका बाबुलाल सार्किको अवस्था पनि २०५० सालदेखि अज्ञात छ । पत्नी र छोरी घरमा छाडेर हिडेका उनका २० बर्षसम्म अत्तोपत्तो लागेन । त्यसपछि पत्नी नेत्रकुमारी सार्किले अदालत मार्फत मृत्युको न्यायिक घोषणाका लागि दर्ता गराउनुभयो ।

    यसैगरी, अर्जुनचौपारी गाउँपालिकाका लीलाकुमारी पौडेलले पनि विस २०६२ सालदेखि बेपत्ता पतिको मृत्युको न्यायिक घोषणाको माग गर्नुभयो ।

    रोजगारका लागि भारत जान्छु भनेर हिडेका थीरलाल पौडेल १८ बर्षदेखि बेखबर रहेको बताइएको छ । अदालतले आवश्यक कानूनी पक्रिया पुरागरी मृत्युको न्यायिक घोषणा गरिदिएको स्याङ्जा अदालतका श्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिनुभयो ।

    यी त केही उदाहरण मात्र हुन्। दिनहुँ जस्तो यस्ता मुद्धा लिएर अदालतमा धाउनेको संख्या बढ्न थालेको छ ।
    सशस्त्र द्धन्द्ध वा अन्य कुनै कारणबाट लामो समयसम्म बेखबर भएपछि उनका परिवारले बेपत्ता वा न्यायिक घोषणाका लागि अदालत धाउन थालेका हुन ।

    चालु आर्थिक बर्षको साउन यता (८ महिनाभित्र) मृत्युको न्यायिक घोषणा गर्नेे ३९ जना रहेको नायब सुब्बा शोभाकान्त पौडेलले बताउनुभयो । एक जनाको भने मृत्यु न्यायिक घोषणा बदर भएको उहाले भन्नुभयो ।
    मृत्युको घोषणाका लागि वडा कार्यालयदेखि, प्रहरी हुदै अदालतसम्म आउने प्रक्रिया हुन्छ । त्यसपछि भने अदालत मार्फत काम कारवाही अघि बढ्छ ।

    धेरै बर्षसम्म अत्तो पत्तो पाउन नसक्नु र ज्यूँदो रहेको पनि मनन् गर्न नसकेपछि मृत्युको न्यायिक घोषणाका लागि अदालतमा पारिवारिक सदस्य आउने गरेका हुन्छन ।

    मृत्युको घोषणापछि सम्बन्धित ब्यक्तिले आ आफना धर्म, संस्कार संस्कृति अनुरुपका काजकिरिया पाउनुका साथै पती÷पत्नी÷छोराछोरी÷ र दाजुभाईले पाउने अंशवण्डा, सहुलियत, भत्ता लगायतका अन्य कामकाजमा सहज बन्ने बताइएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.