Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘स्याङ्जामा सुन्तला उत्पादन बढ्यो, मूल्य बढेन’
    अर्थ

    ‘स्याङ्जामा सुन्तला उत्पादन बढ्यो, मूल्य बढेन’

    Syangja SandeshBy Syangja SandeshDecember 22, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ७ पुस । यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन अचाक्ली भए पनि किसानले मूल्य नपाएकोमा चिन्तित छन्।
    उत्तरफर्केका यहाँका पाखा, पखेरा र बारीका गह्रागह्रा सुन्तला पाकेर पहेंलपुर छन्। तर, किसानले भने मेहनत अनुरुपको बजार भाउ नपाएको चिन्ता गर्छन्।


    पुसको दोश्रो बितिसक्दा पनि गतबर्षकै मूल्यमा ब्यापारिले सुन्तला मुल्य नपाएपछि किसानले बोटमै सुन्तला राखेकाछन्। गत बर्षकै मूल्यमा ब्यापारिले सुन्तला किन्न मागेपछि बिmक्री नगरेको भीरकोट नगरपालिका ७ का सुन्तला किसान शालिकग्राम अर्याल भन्नुहुन्छ ्। अर्यालको झण्डै २० रोपनी जग्गामा सुन्तला पाकेर राता र पहेंला भएका छन्।


    उहाले भन्नुभयो , ‘ब्यापारिले प्रतिकिलो ७० रुपैंया पनि दिन अनकनाएपछि सुन्तला नबेचिकन राखेको छु। जब, ७० रुपैंया माथि भाउ आउछ त्यतीवेला बेच्नेछु।’


    यसैगरी, पुतलीबजार नगरपालिका १० का मुक्तिप्रसाद अधिकारी पनि सुन्तलाले भनेजस्तो मूल्य नपाएको बताउँनुहुन्छ । बर्षभरि गरेको लगानी ब्यापारिले सस्तोमा खरिदगरी महंगोमा बिक्री गर्ने गरेकाले किसान मर्कामा पर्ने गरेको उहाको भनाई छ।


    त्यसो त उनी लगायत यहाँका ठूला बगैंचाहुने धेरै किसानले सुन्तला बिक्री गरेका छैनन्। लगानी अनुरुपको मूल्य नपाउनु किसानका साझा समस्या रहेको अर्का सुन्तला किसान मिनप्रसाद कोइराला भन्न्नुहुन्छ ।


    केही किसानले भने बिक्री गरेका छन्। यहाँ कात्तिकको अन्तिमसातादेखिनै सुन्तला बिक्री हुनेगर्छ। जति छिटो बिक्री भयो उत्ति कम मूल्य र जति समय राख्न सक्यो उती मूल्य बढी आउने गर्छ। ब्यापारिले बगैंचा नै कुतुवा गरेर किन्छन भने केहीले किलोका रुपमा किन्ने गर्छन।


    स्याङ्जामा यसबर्ष झण्डै सवा अरबको सुन्तला उत्पादन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन र कृषि ज्ञान केन्द्रले गरेको छ।


    सुन्तला सुपरजोन संचालक समितिका अध्यक्ष ताराप्रसाद अर्यालका अनुसार, ‘अघिल्ला बर्ष यतीवेला झण्डै एक तिहाई सुन्तलाका बोट रित्तिसकेका हुन्थे। गतबर्ष ७७ करोडको सुन्तला उत्पादन भएको थियो। यसबर्ष पनि अनुकुल मौषमी वातावरणका कारण सुन्तला उत्पादन बढेको छ। यहाँ काठकाण्डौं, नारायणघाट, भारत, सिलगुडीदेखिका ब्यापारी आएका छन्। सुन्तलाका भाउ नमिलेकै कारण उनीहरु फर्कने गरेका छन्।’ वडा नं. ७ मा मात्र झण्डै १५ करोडको सुन्तला रहेको उहाको भनाई छ।


    सुन्तलावाटै बर्षेनी जिल्लामा करोडौं रुपैंया भित्रिन्छ। जिल्लाका ९७ वडा मध्ये ६÷८ वडा वाहेक सबैमा सुन्तला राम्रो हुन्छ। सुन्तलाकालागि उपयुक्त हावापानी मिलेका कारण जिल्लामा सुन्तलाजोन हुदै बिगत २ बर्षदेखि सुपरजोन परियोजना कार्यान्वयनमा छ।


    पुतलीबजार, वालिङ्, भीरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ। दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरष्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेट क्षेत्र हुन। स्याङ्जाका ५ वटा नगरपालिका र ६ गाउपालिका मध्ये ८÷१० वडामा वाहेक सबै क्षेत्रमा सुन्तला खेती राम्रो हुन्छ।


    सुन्तला किसानले ५० हजारदेखि ३० लाखसम्म आम्दानी गर्ने दर्जनौं सिकानहरु छन्। प्रत्येक वडामा लाखौं रुपैंयाका सुन्तला उत्पादन हुन्छन यहाँ। उत्तर फर्केको अधिकांश बारी, पाखा, बनमा समेत लटरम्मै सुन्तला झुलेका छन्। ८ देखि १२ सय मीटर उचाई र उत्तर फर्केको जमिनमा सुन्तलाको उत्पादन हुन्छ।


    सुन्तला बिरुवा बिजु बिरुवा रोपेको ५ देखि ७ बर्षभित्रमा फल दिन्छ भने कलमी बिरुवाले भने २ बर्षमै फल दिने हुदाँ सुन्तला खेतीप्रति यहाका किसानको बिशेष रुची बढी छ।

    गतबर्षको तुलनामा यसबर्ष स्याङ्जामा ३०÷३५ प्रतिशत सुन्तला उत्पादनमा बृद्धि भएको किसानका भनाई छ। जिल्लाका २ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला खेती गरिदैआएको छ।


    सुन्तलाको बरदान पाएको स्याङ्जामा सुन्तला खेतीबाट मनग्ये आम्दानी गर्न सकिन्छ। स्थानीय पालिकादेखि प्रदेश र संघ सरकारले सुन्तला खेती र उद्यमसंग जोड्ने नीति ल्याएमा बर्षेनी रोजगारकै निमित्त हजारौं युवायुवती विदेशीनु पर्ने अवस्था आउने थिएन।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.