Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, September 20
    Trending
    • जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा
    • संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता
    • आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘स्याङ्जामा यसबर्ष अचाक्ली सुन्तला, उत्पादन ’
    समाचार

    ‘स्याङ्जामा यसबर्ष अचाक्ली सुन्तला, उत्पादन ’

    Syangja SandeshBy Syangja SandeshOctober 29, 2022Updated:October 29, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १२ कात्तिक । यसबर्ष स्याङ्जामा सुन्तलाको उत्पादनमा अचाक्ली बृद्धि छ। फल उत्पादनलाई हेर्दा यसबर्ष यहाँ एक अरब मूल्य बराबरको सुन्तला उत्पादन हुने अनुमान गरिएको छ।


    बिगत १० बर्षकै उत्कृष्ट उत्पादन भएको सरकारी निकाय एवं अगुवा किसानहरुको भनाई छ। सुन्तलाका दाना पनि छिटो पुष्टिए, दाना पनि राम्रा भएको उहाहरुको भनाई छ।


    कृषि ज्ञान केन्द्रका प्रमुख बिनोद हमालका अनुसार ‘गतबर्षको तुलनामा यसबर्ष ३० देखि ४० प्रतिशत बढी उत्पादनमा बृद्धि भएको अनुमान छ। एक महिनापछि हुने जस्ता दाना अहिले नै टम्म र पुष्ट देखिएका छन्।’


    सुन्तलाका बोटले नै धान्न कठिन हुनेगरी फल लागेका छ। प्रायजसोः बोटमा टेको लगाइएको छ। सुन्तलाका दाना पहेंला÷पहेंला र गुलियोपन भरिएको छ। यस्तो अवस्था देखिन बिगतका बर्षमा कात्तिकको अन्तिम साता कुनुपर्दथ्यो।


    अघिल्लो बर्ष भन्दा गतबर्ष सुन्तला कम फलेका थिए। तर, अहिले अचाक्ली सुन्तलाका दाना लागेको अग्रज सुन्तला किसान फणिनारायण अर्यालले जानकारी दिनुभयो। झण्डै ८० रोपनीमा सुन्तला खेती गर्दै आउनु भएका अर्यालले भन्नुभयोे, ‘यसबर्ष मेरो बगैंचामा गतबर्ष भन्दा ३५ प्रतिशतले बढेको छ। सुन्तलाका दाना राम्रा र पुष्टिएका छन्। बजारको चिन्ता लाग्न थालेको छ।’


    गतबर्ष प्रतिकुल रहेको अवस्थामा पनि स्याङ्जाले ७६ करोड १२ लाख रुपैंया बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा झण्डै २ हजार हेक्टरमा सुन्तला खेती हुन्छ। स्याङ्जाको हावापानी सुन्तला खेतीका लागि उपयुक्त छ। ती मध्ये १ हजार ७ सय हेक्टरमा मात्र सुन्तला उत्पादन लिन सकिन्छ। भने बाँकी झण्डै २÷४ सय हेक्टरमा सुन्तलाका बिरुवा हुर्कदो अवस्थाका छन्।


    अघिल्लो बर्ष १७ हजार ६ सय ३२ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा गतबर्ष १३ हजार ८ सय ४० टन मात्र उत्पादन भएको थियो।
    यहाँ उत्पादित सुन्तला मध्ये किसानले २५ प्रतिशत आफैं उपभोग गर्दछन् भने ७५ प्रतिशत सुन्तला बिक्री बितरण गर्छन्। झण्डै २० प्रतिशत सुन्तला स्थानीय बजारमा खपत हुन्छ भने ८० प्रतिशत सुन्तला जिल्ला वाहिर निर्यात गरिन्छन्। नारायणघाट, बुटवल, पोखरा, र काठमाडौं सुन्तलाका मुख्य बजार हुन।


    कात्तिकको अन्तिम सातादेखि खान थालेको सुन्तला फागुनको पहिलो सातासम्म रहन्छ। सुन्तला बिरुवा रोपेको ५ देखि ७ बर्षभित्रमा फल दिने हुदाँ सुन्तला खेतीप्रति किसानको आकर्षण बढ्दो छ। त्यसमा पनि स्थानीय पालिका, सुन्तला सुपरजोन र ज्ञान केन्द्रको सहयोग रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण सुन्तला सुपरजोनका प्रमुख माधव लम्सालले बताउनुभयो।


    नेपालमै सबैभन्दा राम्रो सुन्तला उत्पादन हुने भएकाले यहाँ सुपरजोन परियोजना कार्यान्वयनमा छ। यसबर्ष मौसमले पनि साथ दिएको र बिगतका बर्षका तुलनामा औंसा लगायतका किराको आक्रमण पनि कम देखिएको बताइएको छ।
    जिल्लाभर साना ठुलागरी झण्डै ४ हजार भन्दा बढी सुन्तलाका बगैचा छन्। स्याङ्जाका ६÷७ वडा बाहेक जिल्लाभर सुन्तला खेती अन्त्यन्तै राम्रो हुन्छ। सुन्तलालागि उपयुक्त भुगोल भएकाले प्रधानमन्त्री सुन्तला सुपरजोन कार्यक्रम समेत यहाँ संचालनमा छ।


    पुतलीबजार, भीरकोट, वालिङ् नगरपालिका र अर्जुन गाँउपाालिकाका १७ वटा वडाहरुलाई समेटेर सुन्तला सुपरजोन परियोजना छ। किसानहरुले सहकारी, समूह र निजी फार्म दर्तागरी सुन्तला खेती गर्दै आएका छन्।


    पुतलीबजार, वालिङ, भीरकोट र गल्याङ नगरपालिका सहित फेदीखोला, बिरुवा, अर्जुनचौपारी, आँधीखोला र हरिनास गाउँपालिकाका सुन्तला पकेट क्षेत्र हुन। चापाकोट नगरपालिका बाहेक जिल्लाका सबै पालिकामा सुन्तलाकोे उत्पादन राम्रो छ। सुन्तलाबाटै बर्षेनी लाखौ रुपैंया आम्दानी गर्ने धेरै किसानहरु स्याङ्जामा छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    जेन—जी का माग जायज छन् — संबिधानसभा सदस्य थापा

    September 20, 2025

    संबिधानको रक्षार्थ एक जुट हुने स्याङ्जाका ४ दलको प्रतिबद्धता

    September 20, 2025

    आज संबिधान दिवस, स्याङ्जामा ४ दलले संयुक्त मनाउदै

    September 19, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.