स्याङजा २० भदौ । ‘तीनै तहका सरकारको प्रतिवद्धता, मानव वेचबिखन बिरुद्ध सबैको एैक्यबद्धता’ भन्ने मूल नारा सहित स्याङ्जा प्रशासनको अगुवाईमा, सामाजिक विकास कार्यालय, पुतलीबजार नगरपालिका र जिल्ला प्रहरी कार्यालयले दिवस मनाएका छन ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा १८ औ मानव वेचबिखन तथा ओसारपसार बिरुद्धको दिवस मनाइएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तिले गरिबी, विपन्नता र अशिक्षाका कारण मानव बेचबिखन तथा ओसारपसार जस्ता कुकार्यमा फसाउने गरिएको बताए। कसैले मिठो बोल्दैमा र राम्रो प्रलोभन देखाउदैमा विश्वास गरिहाल्न नहुने उहाले बताउनुभयो ।
पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रहरी उपरीक्षक शालिकराम शर्मा, जिल्ला न्यायधीवक्ता श्रीकला पौडेल, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जिल्लामा भए गरेका विगतका घटनाका बारेमा जानकारी गराउदै बिद्यार्थीलाई सचेत रहन सुझाव दिनुभयो ।
सोही कार्यक्रममा माध्यमिक तहमा अध्ययरत बिद्याथीलाई लक्षित गर्दै प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले प्रशिक्षण दिनुभएको थियो । मानव बेचबिखन तथा ओसारपसारका भनेको के हो, मानिसलाई फसाउने तरिका, यसका कानूनी प्रावधान, दण्ड सजाए, सचेत रहने उपायका बारेमा प्रशिक्षण दिइएको थियो , छोटो भिडियो सहितको सचेतनामूलक कार्यक्रम गरिएका हुन ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक विकास कार्यालय प्रमुख जीवन पौडेलले गर्नुभएको थियो ।