स्याङ्जा ४ असार । बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उदेश्यले आपसी सहयोग केन्द्र स्याङजा नेपाल (आस्क) ले जनप्रतिनिधि सहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा बिशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयोे, ‘छिटो र धेरै उत्पादन लिने नाउमा जथाभावी रासायनिक मल र बिषादीका प्रयोगले माटोमा अम्लियपन बढुनुका साथै स्वास्थ्यमा नकारात्मक असर पारेको छ। अव नियन्त्रण गर्न जरुरी छ।’
बिषादीको बिकल्प सहित प्रांगारिक कृषि उत्पादनमा सघाउन पुरयाउन आस्कले गरेको पहलले स्थानीय सरकारलाई सोच्नका लागि घचघच्याएको बताउदै प्रांगारिक उन्मुख कृषि बालि प्रवद्र्धनमा गर्न तत्काल सुरुवात गर्नुपर्ने उहाका भनाई छन ।
प्रांगारिक उन्मुख बाली प्रवद्र्धन नेपालका संयोजक रविन बोगटी, आक्स नेपालका अध्यक्ष रुकुमदत्त शर्मा, कार्यक्रम प्रमुख हरिप्रसाद ढकाल, कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमाल, द बजार पोखराका तुलसी गिरी, काभ्रे शाखाका कार्यक्रम व्यवस्थापक प्रह्लाद प्रसाद तिमिल्सिना, डेनमार्कका कृषि अर्थ बिज्ञ डा. नागरिक पाउलराय क्लेड लगायतले प्राङ्गारिक उत्पादन, प्रशोधन, प्रमाणीकरण र बजारीकरणको क्षेत्रमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कुन बेला कुन कृषि उत्पादन गर्ने र उत्पादित बस्तुका ग्रेडिङ, प्याकेजिङ, ब्राण्डिङ र पहिचान खुल्नेगरी बजारीकरण गर्नुपर्नेमा सहजकर्ताहरुका भनाई छन् ।
कार्यक्रममा भिरकोट नगरप्रमुख गोविन्दप्रसाद कर्माचार्य, पुतलीबजार नगरउपप्रमुख देवी अर्याल, उत्पादन, प्रामाणीकरण बजारीकरण स्याङ्जाका संयोजक छाँयाराम खनाल लगायतले स्वस्थ्य रहन र वाच्नका लागि स्वस्थ्य माटो, स्वस्थ्य बिरुवा र स्वस्थ्य हुर्काई हुनुपर्ने बताउदै बिषादीलाई नियन्त्रण गर्दे बैकल्पिक मलको प्रयोग गर्न र गराउन सुझाव दिदै आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिए। नुभयो ।
त्रिकोण डेनमार्कको सहयोगमा आस्क नेपालले स्याङ्जा र काभ्रे जिल्लामा प्रांगारिक कृषि बाली प्रवद्र्धन परियोजना संचालन गर्दे आएको छ । स्याङ्जाको आधीखोला गाउँपालिका र भीरकोट नगरपालिकाका केही वडामा प्रांगारिक उत्पादन गर्दे आएको छ । पुतलीबजारको मातुभूमि मावि, बागेफड्के स्थित मैदान मावि र भीरकोकाट स्थित भाग्योदय माविका माध्यमिक तहमा अध्ययरत १ सय ६० जना बिद्यार्थीलाई समेत प्रांगारिक बाली तथा तरकारी उत्पादनका कक्षा संचालन गर्दै आएको अध्यक्ष रुकुमदत्त शर्मा भन्नुहुन्छ ।
