स्याङजामा अक्सिजन प्लान्ट बनाईने भएको छ। संक्रमितसंगै मृत्युदर पनि बढ्दै गएपछि भीरकोट नगरपालिका हेलु स्थित कालिका अस्पतालमा प्लान्ट निर्माण हुनेभएको हो।
अक्सिजन पलान्ट निर्माणको गठित ३ सदस्यीय समितिले प्लान्ट राखिने स्थल, अनुमानित खर्च २ करोड लगायतका बिषयमा अध्ययन सकेपछि मंगलबार बसेको भर्चुअल बैठकले अव प्लान्ट निर्माणका तयारीमा तत्काल जुट्ने सहितका निर्णय भएको हो ।
प्लान्ट निर्माणका लागि प्रत्येक गाउँपालिकाले १०÷१० लाख र प्रत्येक नगरपालिकाले १५÷१५ लाख खर्च ब्यहोर्नु पर्ने भएको छ। तर, सम्बन्धित भीरकोट नगरपालिकाले भने अन्य पालिकाको भन्दा दोब्बर रकम ३० लाख उपलब्ध गराउनेगरी सहमति जुटेको समितिका सदस्य घनश्याम सुवेदीले जानकारी दि ।
‘आकस्मिक खर्च गर्नुपर्ने वाध्यात्मक अवस्था आएकाले संघीय समानीकरण अनुदान र आन्तरिक आम्दानी अन्र्तगतका खर्च गर्न नसकिएका केही रकम रकमान्तरगरी खर्चको ब्यवस्थापन गर्नेछौं।’ उनले भने, ‘सरकारी प्रक्रिया लामो र झन्झटिला भएकाले तत्काल हामी सामुदायिक, निजी साझेदारी कार्यक्रम अनुरुप प्लान्ट निर्माणकालागि सबैपक्षलाई सहयोगको आब्हान गरेका छोैं ।’
दुई महिनामा सक्नेगरी काम सुरु गर्नेे समितिले जनाएको छ। दैनिक सयदेखि डेढ सय सिलिण्डर अक्सिजन उत्पादन क्षमताको बनाउनेगरी योजनामा जुटको भीरकोट नगरप्रमुख छायाँराम खनाल भन्छन्। दिर्घकालिन लक्ष्य अनुरुप कोरोना संक्रमणकालिन अवधि समाप्तपछिलाई पनि ध्यान दिदै प्लान्ट राखिने भएको प्रमुख खनालको भनाई छ ।
यसअघि भएको भर्चुअल बैठकले जिल्ला समन्वय समिति उपप्रमुख दिलिप बगालेको संयोजकत्वमा भीरकोट नगरपालिका प्रमुख छाँयाराम खनाल र फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी सदस्य रहनेगरी समिति बनाई यी बिबिध पक्षका बारेमा अध्ययन गर्ने जिम्मेवारी दिइएको थियो ।
अक्सिजन प्लान्ट निर्माणपछि, अक्सिजन सहितको एम्बुलेन्स सेवा, कोरोना संक्रमितको मृत्युपछिका शवको ब्यवस्थापन लगायतका बिषयमा छलफल भएको बताइएको छ ।
स्याङजामा बैशाखयता, कोरोना संक्रमितको संख्या एघार सय भन्दा बढी पुगेको छ भने मृतकका संख्या ४८ छ। जिल्लामा दैनिक एक भन्दाबढी संक्रमितको मृत्यु हुदै आएको छ। मृत्युका कारण अक्सिजन अभाव प्रमुख हो ।
यसैगरी, स्याङजा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि स्वास्थ्य मन्त्रालयको रिफारिसमा अर्थ मन्त्रालयले एक करोड ५० लाखको बजेट स्वीकृत गरेको अस्पतालले जनाएको छ ।
Tuesday, December 3
Trending
- अपांगता सम्बन्धी सचेतना अभियान त्रिभुवन आर्दश माविमा
- त्रिभुवन बहुमुखी क्याम्पसमा अपांगता सम्बन्धी सचेतना अभियान सुरु
- संघिय सांसद थापाद्धारा पुतलीबजार र अर्जुनचौपारी जोड्ने पुल उदघाटन
- सरकारका प्रवक्ता गुरुङ्द्धारा कालीगण्डकीमा खेलकूद महोत्सव उदघाटन
- पहिलो पटक मनाइयो स्याङजामा महिला मानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस
- फागुन ६ देखि १८ सम्म सातौं स्याङ्जा महोत्सव गरिने
- युवा भाषा वैज्ञानिक पुरस्कारबाट स्याङ्जाका मोहन सहित अन्य तीन पुरस्कृत
- महिलाकालागि निशुल्क लोकसेवा तयारी कक्षा स्याङ्जामा सुरु