स्याङ्जा २२ कात्तिक । स्याङ्जामा ७१ हजार बढीले कोरोना विरुद्धको पुर्ण खोप लगाएका छन् । स्वस्थ्य निर्देशनालय पोखराका अनुसार स्याङ्जाका ७१ हजार ८४३ जनाले कोरोनाको पुर्ण खोप लगाएका हुन् ।
त्यस्तै ९८ हजार ९०० जनाले खोपको पहिलो मात्रा लगाएका छन् । यसैबीच स्याङ्जाका सोमबार ५२ जनामा गरिएको कोरोना परिक्षणमा ८ जनामा संक्रमण भेटिएको छ । जिल्लाका ६ जना महिला र २ जना पुरुष गरी ८ जनामा संक्रमण पुष्टी भएको हो । थपिएका सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ५८ पुगेको छ ।
यहाँका ७ हजार ३८० संक्रमित मध्ये ७ हजार १ सय ५२ संक्रमणमुक्त भएका छन् भने १७० जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
Thursday, November 20
Trending
- बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
- बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
- नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
- स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
- मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
- वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
- सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
- गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
