Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 14
    Trending
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    • ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
    • नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
    • बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
    • पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
    • पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ‘स्याङ्जामा छैंनन् ‘क’ बर्गको एम्बुलेन्स, ‘ख’ पनि एउटै मात्र’
    समाचार

    ‘स्याङ्जामा छैंनन् ‘क’ बर्गको एम्बुलेन्स, ‘ख’ पनि एउटै मात्र’

    Syangja SandeshBy Syangja SandeshJune 5, 2023No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, २२ जेठ । स्वास्थ्य अवस्था गम्भीर भएका ब्यक्तिलाई सोही अवस्थामै छिटोभन्दा छिटो अस्पताल वा उपचार केन्द्रमा पुरयाउने सवारी साधनलाई एम्बुलेन्स भनिन्छ ।


    तर,स्याङ्जामा भने त्यस्ता सुबिधायुक्त एम्बुलेन्स एउटा पनि छैन्। स्याङ्जा जिल्लाभर ‘क’ बर्गको एउटा पनि एम्बुलेन्स नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


    स्याङ्जामा ‘ख’ बर्गको एउटा, ‘ग’ बर्गको २४ वटा एम्बुलेन्स छन् । स्याङ्जा जिल्लाभरमा ‘ख’ बर्गको पनि एउटा मात्र एम्बुलेन्स छ । पुलतीबजार नगरपालिका वडा नं. १४ ले यसैबर्षदेखि ‘ख’ बर्गको एम्बुलेन्स संचालनमा ल्याएको हो । झण्डै ६ महिनाअघिदेखि चण्डीकालिका स्वास्थ्य चोैकी मार्फत सो एम्बुलेन्स संचालनमा रहेको छ ।


    सतौ पोखरा सम्पर्क समाज र लायन्स क्लवको सहयोगमा रकम संकलनगरी समुदायका लागि खरिद गरिएको सो एम्बुलेन्समा भने इसीजी र वीपी मोनिटर र अक्सिजन सहितको ब्यवस्था रहेको स्वास्थ्य चौकी प्रमुख बिष्णु काफलेले जानकारी दिनुभयो । एघार पालिका रहेको स्याङ्जामा हाल कायम रहेका एम्बुलेन्स मध्ये २२ वटा मात्र सुचारु अवस्थाको रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।


    कार्यालय प्रमुख बसुन्धरा शर्माका अनुसार, ‘पुतलीबजारमा २ वटा, फेदिखोला गाउँपालिकामा एउटा, आधँीखोला गाउँपालिकामा २, अर्जुनचौपारीमा एउटा, भीरकोटमा २, बिरुवा गाउँपालिकमा २, हरिनास गाउँपालिकामा २, चापाकोट नगरपालिकामा एउटा, वालिङ् नगरपालिकामा ५, गल्याङ् नगरपालिकामा ३ र कालीगण्डकी गाउँपालिकामा ४ वटा एम्बुलेन्स रहेका छन् । यी मध्ये २२ वटा मात्र चल्ने अवस्थाका छन् ।’


    बिरामी वा घाइतेलाई अस्पताल पुरयाउनुअघि आकस्मिक स्वास्थ्य सेवा सहितको चिकित्सकिय सेवा उपलब्ध गराउदै सम्बन्धित अस्पतालसम्म पुरयाउनेगरी ’क’, ’ख’ बर्गका एम्बुलेन्स संचालन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।


    पहाडी भूभाग स्याङ्जामा न त सुबिधा सम्पन्न अस्पताल बन्न सके, न त रहे बिशेषज्ञ सहितका चिचित्सक नै । जटिल अवस्था देखिएमा उपचारका लागि पोखरा वा काठमाण्डौं, वुटवल वा पाल्पा जस्ता शहरमा रिफर गरिन्छन्। तर, आवश्यक उककरण सहितको एम्बुलेन्स सेवा भने पाइदैन यहाँ ।जसका कारण यहाँका बिरामी वा शख्त घाईतेले उपचारका क्रममा लैजादै गर्दा बाटोमा मृत्युबरण गर्नुपर्ने वाध्यता छ। यस्ता घटना कयौं भएका छन् ।


    सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ स्वीकृती गरिसकेको छ। यसअघि एम्बुलेन्स ’क’, ’ख’ र ’ग’ गरी तीन वर्गका थिए । सरकारले नयाँ ल्याएको निर्देशिकामा ’क’ र ’ख’ वर्गको मात्र एम्बुलेन्स सञ्चालन गर्न पाउने र ’ग’ वर्गका एम्बुलेन्सहरुले अब नविकरण गरेर ’ख’ वर्गमा बनाउनुपर्ने व्यवस्था गरेको छ ।


    सबै एम्बुलेन्सहरु अनिवार्य रुपमा फेर व्हील ड्रइभ, पावर स्टेरिंग, सस्पेन्स चेन सिस्टम हुनुपर्ने व्यवस्था गरेको छ । एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा छ ।


    स्वास्थ्य अवस्था नाजुक भएका वा गम्भिर चोटपटक लागेका विरामीको अवस्थालाई स्थिर राख्दै तत्काल उपयुक्त स्वास्थ्य संस्थासम्म पु¥याउने सवारीसाधन हो एम्बुलेन्स। तर, बिरामीका लागि यो मात्र एउटा सवारीसाधन भने पक्कै होइन । सवारीसाधनलाई एम्बुलेन्स बनाउन विभिन्न मापदण्ड पुरा गर्दै तालिमप्राप्त स्वास्थ्यकर्मीको समेत व्यवस्था हुनुपर्नेमा स्याङ्जामा त्यस्तो नभएको स्वास्थ्य प्रमुख बसुन्धरा शर्माको भनाई छ ।


    निर्देशिका अनुसार, ‘क र ख बर्गका एम्बुलेन्स भने राजश्व छुट पाउँछन्। एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट तालिम लिएको हुनुपर्ने, हरेक एम्बुलेन्समा जीपिएस अनिवार्य जडान हुनुपर्ने लगायतका व्यवस्था निर्देशिकामा छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025

    बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर

    December 13, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025

    ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने

    December 14, 2025

    नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा

    December 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025

    स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा

    December 14, 2025

    वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम

    December 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.