प्रकाश डोटेल
स्याङ्जा, ६ कार्तिक ।
स्याङ्जा सदरमुकाममा एक दिने कृषि बालि शिविर सम्पन्न भएको छ । स्थानीय रोयल बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा मुक्तिनाथ कृषि कम्पनीको सहयोग र मुक्तिनाथ विकास बैंकको प्रबद्र्धनमा शिविर सम्पन्न भएको हो ।
कृषकहरुलाई नर्सरी व्यवस्थापना, नगदे बालिमा लाग्ने रोग र कृषिमा अबलम्बन गर्नुपर्ने प्राविधिक ज्ञान प्रदान गर्न शिविर आयोजना गरिएको हो । पर्यावरण परिर्वतनसँगै देखिएकान कृषकका समस्या समाधान गर्न शिविर फलदायी बनेको कृषकहरुले बताएका छन् ।
बालि शिविरमा कृषकहरुले लगाएको कृषिजन्य बस्तुमा देखिएका समस्या र रोग नियन्त्रण तथा समाधानका बारेमा मुक्तिनाथ कृषि कम्पनीका वरिष्ठ किठ विज्ञ विजय सापकोटाले सहजीकरण गर्नुभएको थियो । शिविरमा पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका कृषकहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा कृषकहरुले लगाएको बालिमा देखिने समस्या र रोगका बारेमा जानकारी दिएका थिए भने बालिमा लाग्ने रोग नियन्त्रण, उपचार पद्धति र अन्य समस्या समाधानमा आयोजक सहकारी र कृषि कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । उत्पादन बढाउन कृषक र कम्पनीकाबीच सहकार्य आवश्यक रहेको कृषकहरुले जोड दिनुभयो ।
ग्रामीण क्षेत्रका कृषकले उत्पादन गर्ने कृषिजन्य बस्तुको उत्पादन बढाउन बालि शिविरलाई नियमित र उत्पादन क्षेत्रमा केन्द्रित गर्न कृषकले आग्रह गरे । बालि शिविर नियमित रुपमा संचालन गरे कृषिजन्य उत्पादन बढाउन फलदायी हुने बताईएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको स्याङ्जामा श्रोत केन्द्रका रुपमा रहेको रोयल बचत तथा ऋण सहकारी संस्थाले कृषिमा आधुनिकीकरण ल्याउन प्रविधि उपयोगलाई सहजीकरण गर्दै आएको छ । कृषकलाई प्रविधि र लगानी अभाब हुन नदिन सहकारीले कृषिमा लगानी र प्रविधि उपयोगमा जोड दिएको सहकारी अध्यक्ष नारायण प्रसाद पौडेलले बताउनुभयो ।
जिल्लामै पहिलो पटक आयोजना गरिएको बालि शिविरले कृषकमा उत्साह थपेको सहभागिताको भनाई छ । समस्या समाधान र रोग नियन्त्रणमा नियमित सहयोग पु¥याउन कृषकले आयोजकलाई आग्रह गर्नुभयो ।