Close Menu
    Facebook X (Twitter) Instagram
    Saturday, June 7
    Trending
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    • सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु
    • चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै
    • फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान
    • सहुलिय कृषि कर्जा सहज रुपमा दिन बैङ्कहरु प्रतिबद्ध
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जामा करिब ३० प्रतिशत रोपाईं
    समाचार

    स्याङ्जामा करिब ३० प्रतिशत रोपाईं

    Syangja SandeshBy Syangja SandeshJune 29, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, १५ असार । स्याङ्जाका किसानलाई धान रोप्न चटारो थपिएको छ। यस वर्ष मनसुन छिटै सुरु भएकाले धान रोपाइँ पनि छिटो सुरु भएको हो। पाकेको मकै थन्क्याउने र धान रोपाइँको चटारोले किसानलाई भ्याइनभ्याइ छ।

    अघिल्ला वर्षभन्दा यसवर्ष छिटो मनसुन सुरु भयो। जेठको महिनामै किसानले धान रोप्न सुरु गरे। पानीको अभावमा साउनसम्म कुर्नुपर्ने टारी खेतहरु यसपटक रोपिइसकेका छन्। जिल्लाका माथिल्ला क्षेत्र आँधीखोला, फेदिखोला, पुतलीबजार, विरुवा, अर्जुनचौपारी र भीरकोटका पालिकामा धान रोपाइँ सुरु भइसकेका छन्। तर, तल्लो क्षेत्र गल्याङ चापाकोटलगायतका क्षेत्रमा भने रोपाइँ त्यति भएका छैनन्। यी क्षेत्रमा अलिपछि रोपाइँ हुन्छन्। समग्र जिल्लामा अहिलेसम्म २५ देखि ३० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका कृषि अधिकृत इश्वरीप्रसाद अर्यालले बताउनुभयो । 

    मकै भाँच्न र डाँठ पन्छाउनदेखि धान रोप्नुपर्ने किसानका लागि यतिबेला दोहोरो तेहोरो काम थिएको छ। बाँझा खेत जति धान रोपिएका छन्। कति त खेतमा मकै र चैते धान नपाकेका कारण धान रोप्न पाएका छैंनन्।

    स्याङ्जाका आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङका क्षेत्र, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन्। स्याङजाका अन्नभण्डार हुन् यी क्षेत्र।

    यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ, गल्याङ धान प्रमुख उत्पादक क्षेत्र हुन ।

    स्याङ्जामा सावित्री, मन्सुरी, रामधान लगायतका केही उन्नत जातका धान रोप्ने गरिन्छन् भने केही स्थानीय जातका धान पनि रोप्ने गरिन्छ। सिंचित खेतमा जेठको अन्तिम सातादेखि र सिंचाई नपुगेको जग्गामा साउनको अन्तिम सातासम्म पनि धान रोप्ने गरिन्छ।  

    यस वर्ष पनि छिटो मनसुन सुरु भएको र समयमा धान रोप्न पाएकाले धान उत्पादन बढ्न सक्ने वरिष्ठ कृषि अधिकृत बिनोद हमालको अनुमान छ। अहिले कोरोनाका कारण घर फर्केकाले धेरै युवायुवतीले बाझा रहेका जग्गाजमिनमा खेती गरेका छन्। 

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025

    चापाकोटको सुन्तलीटारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै

    June 2, 2025

    फापरथुम आनन्दआश्रममा साहित्यिक गोष्ठीसंगै सम्मान

    June 1, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    सिप संगै आयआर्जनमा जोडिदै अपांगता भएका व्याक्तिरु

    June 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025

    जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा

    June 5, 2025

    सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम

    June 5, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.