स्याङ्जा १५ बैशाख । स्थानीय तह निर्वाचनमा स्याङ्जामा पालिकाका आवश्यक संख्या भन्दा तेब्बर बढीले उम्मेद्धवारी मनोनयन दर्ता गरेका छन्।
पाँच नगरपालिका र ६ वटा गाउँपालिकामागरी ५ सय ७ आवश्यक जनप्रतिनिधी रहेकोमा १ हजार ५४७ को उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार नगर प्रमुख तथा गाउँ अध्यक्ष पदका लागि ११ जना आवश्यक रहेकोमा ६७ जनाको उम्मेदवारी दर्ता छ। नगर उपप्रमुख तथा गाउँ उपाध्यक्षमा पनि ११ जना आवश्यक रहेकोमा ५० जनाको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी, ९७ वटा वडामा ३ सय ५१ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सदस्यमा ५ सय ८० जना, महिला सदस्यमा २ सय ६५ जना र दलित महिला सदस्यमा २ सय ३४ जना गरी कूल एक हजार ५४७ को उम्मेदवारी दर्ता भएका छन्।
सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २ सय ६० जनाले र सबैभन्दा कम फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ। पुतलीबजार सदरमुकाम सहितको नगरपालिका हो।
यसैगरी, वालिङमा २ सय ५२ जना, चापाकोटमा १ सय ८७ जना, गल्याङमा १ सय ६८ जना, भीरकोटमा १ सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ।
गाउँपालिकातर्फ बिरुवामा १ सय २० जना, आँधीखोलामा ९४ जना, अर्जुनचौपारीमा ८४ जना, हरिनासमा ८३ जना, कालीगण्डकीमा ७८ जनाको उम्मेदवारी छ।
पुतलीबजार र वालिङ्मा १४÷१४ वटा, गल्याङमा ११, चापाकोटमा १०, भीरकोटमा ९ वटा वडा समेटेर नगरपालिका बनाइएका हुन।
यसैगरी बिरुवामा ८, कालीगण्डकीमा ७, हरिनासमा ७, अर्जुनचौपारीमा छ, आँधीखोलामा ६, फेदीखोलामा ५ वटा वडा समेटेर गाउँपालिका बनाइएको छ।
स्याङ्जामा राष्ट्रिय मान्यता प्राप्त दल १९ वटा भएपनि यहाँ नेकपा एमाले, नेपाली कांगे्रस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनर्मोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाईजेसन, मौलिक जरोकिलो लगायतका पार्टी सहित केही स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी दर्ता गरेका छन्।
Sunday, December 14
Trending
- स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
- वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
- ओमकार इभेन्टस हबले वालिङमा फुटवल प्रतियोगिता गर्ने
- नेपाली कम्युनिष्ट पार्टीको स्याङजाको एकता सन्देशसभा
- बिरुवा गाउँपालिकाका १ हजार ६ सय बढी बिद्यार्थीको मुख र दाँत शिविर
- पुतलीबजारका वडाहरुमा चल्ला र दाना बितरण जारी
- पुतलीबजारमा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- स्याङ्जा कांग्रेसले ग¥यो उम्मेदवारको सिफारिश
