स्याङ्जा १६ बैशाख । गण्डकी प्रदेश सांसद महेश भट्टराईले स्याङ्जाको व्यापार प्रर्बधनका लागि कुभिन्डे देखि राम्दी सम्मको बजार क्षेत्रको विस्तार गरेर यातायातको पहुँचलाई प्रभावकारी बनाउन सके मात्रै स्याङ्जाको भविष्य राम्रो हुने बताउनु भयो ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ स्थित गल्याङ उद्योग वाणिज्य संघको दोस्रो साधारण सभा तथा अधिबेशनको उद्घाटन गर्दै सो कुरा बताउनु भएको थियो ।
वि.स. २०२६÷२७ सालमा खनिएको राजमार्ग अहिले पनि यथाबत रहेको र समयानुकुल ठूला सवारी साधन सञ्चालनमा समस्या भएकाले स्याङ्जाका ठूला व्यापारीक केन्द्रमा दैनिकी उपभोग्य बस्तु ध्वानीमा समस्या देखिएकोले यहाँका व्यापारी विस्थापित हुनुपर्ने परिस्थिती आएको कुरा बताउनु भयो ।
गण्डकी प्रदेश सांसद भट्टराईले भन्नु भयो भर्खरै गण्डकी प्रदेश संसार बनेको र गण्डकी प्रदेश सरकारले प्रदेश भित्र खानेपानी र विद्युत महशुलमा निःशुल्क गर्ने प्रस्ताव आफूहरुले राखेको कुरा बताउनु भयो ।
व्यापारीहरुको धेरै गुनासोहरु आएकाले उहाँहरुको समस्याको पहिचान गरेर समस्या समाधानका पक्षमा आफूले आवाज उठाउने र कसरी हुन्छ नीजि क्षेत्रसंग हातेमालो गरेर विकास निर्माण अभियानमा जोडिने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
उहाँले भन्नु भयो विश्वमा आर्थिक मन्दि भएकाले उत्पादनका क्षेत्रमा ध्यान दिन आग्रह गर्दै व्यापारीको हकहितका पक्षमा आफूले सक्दो सहयोग गरेर अगाडि वढ्ने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, गरिमा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्याल,नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य शोभाकान्त पौडेल, पर्यटन तथा घरेलु उद्योग मन्त्रालय स्याङ्जाका प्रमुख ठाकुर ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष नबराज सुबेदी, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, नेकपा एमाले गल्याङ नगर कमिटी सचिव राजेन्द्रदेब खनाल, नेकपा माओबादी गल्याङ नगर कमिटी अध्यक्ष चित्रबहादुर राना, गल्याङ वडा .१ का वडाअध्यक्ष मणिप्रसाद बस्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष यज्ञप्रसाद अर्यालले अधयक्षको प्रतिबेदन र संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले कार्यक्रमको सञ्चालन महासचिव कृष्णप्रसाद भट्टराईले गर्नु भएको थियो ।